• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

  •  संवाददाता
  • २०८२ माघ १९, आईतवार ००:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+
    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै चुनाव प्रचारमा खटिँदा अकस्मात् बेहोस भएका पत्रकार दिनेश सिटौलाको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको चिकित्सकले बताएका छन्।

    शाहसँगै सुदूरपश्चिमको भ्रमणमा अछाम पुगेका नुवाकोटका पत्रकार सिटौला अकस्मात् बेहोस भएर ढलेपछि शुक्रवार उनलाई हेलिकप्टरबाट काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

    रास्वपाका नेताहरूले उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक नगर्न आग्रह गरेकाले अस्पतालका आधिकारिक अधिकारी सिटौलाको स्वास्थ्य अवस्थाबारे औपचारिक रूपमा बोल्न चाहेनन्। शनिवार दिउस पनि सिटौलाका परिवारका सदस्यहरूले आफूहरूलाई सिटौलाको अवस्थाबारे जानकारी नगराएको भन्दै अस्पताल प्रशासनलाई वास्तविक अवस्थाबारे जानकारी दिन अनुरोध गरेका थिए। तर शनिवार रातीसम्म रास्वपा वा अस्पताल प्रशासन कुनैबाट पनि औपचारिक जानकारी आएन।

    ग्रान्डी अस्पतालका एक चिकित्सकले शनिवार साँझ उकेरा अनलाइन का संवाददाता सँग दिनेशको अवस्था अत्यन्तै गम्भीर रहेको बताए। ती चिकित्सकका अनुसार दिनेशलाई ‘सबएक्रानोइड हेमोरेज (एसएएच)’ भएको छ। अस्पतालको आइसियुको भेन्टिलेटरमा रहे पनि होस नखुलेकाले थप उपचार प्रक्रिया अगाडि बढ्न नसकेको ती चिकित्सकले जानकारी दिए।

    अस्पतालमा ल्याउँदा नै उनी बेहोस रहेको र आइसियुमा राख्दा पनि होस नखुलेको ती चिकित्सकले जानकारी दिए। ती चिकित्सक अनुसार सामान्यतया अवस्थामा होसको अवस्था १५ ‘ग्लास्गो कोमा स्केल (जीसीएस)’ हुनुपर्ने र न्यूनतम ३ ‘जीसीएस’ हुनुपर्ने हुन्छ। तर, दिनेशलाई अस्पताल आउँदा नै होसको अवस्था ३ ‘जीसीएस’ भएको र त्यो सबैभन्दा कम भएकाले उनको स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएको ती चिकित्सकले जानकारी दिए।

    “सुधार होला की भनेर ७२ घण्टासम्म पर्खने योजना भए पनि अवस्था हेर्दा ४८ देखि ७२ घण्टासम्ममा पनि सुधार आउने सम्भावना न्यून देखियो,” ती चिकित्सकले भने “सुधार आए मिराकल नै हुन्छ।”

    यसरी ल्याइयो ग्राण्डीमा

    एक स्वास्थ्यकर्मीका अनुसार दिनेश बेहोसी भएको ठाउँबाट अछाम जिल्ला अस्पताल करिब १५ मिनेटको दुरीमा थियो। बेहोस भएपछि दिनेशलाई शुक्रवार बिहान करिब दश बजेतिर अछाम अस्पताल पुर्याइएको थियो।

    अस्पताल पुर्याउँदा उनी बेहोस नै थिए। बाहिरी रूपमा हेर्दा चोट देखिएको थिएन। तर श्वासप्रश्वास र मुटुको चाल थिएन। करिब ४० मिनेट सिपिआर लगायतको उपचार गरेपछि उनको मुटुको चाल भने फर्कियो।

    उनलाई कृत्रिम श्वास दिएर करिब एक घण्टा उपचार गरिएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास  दिइराखेरै उनलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याएर सुर्खेतबाट हवाइजहाजमार्फत काठमाडौंमा ल्याएको र  करिब अढाई बजेतिर ग्राण्डी अस्पताल पुर्याएर आइसियुमा भर्ना गरिएको ती चिकित्सकले जानकारी दिए। सिटौलालाई ग्राण्डीमा भर्ना गरेपछि अछामबाट आएको स्वास्थ्यकर्मीको टिम फर्किएको थियो।

    “मिराकलको प्रतिक्षामा छौँ”

    उहाँ (पत्रकार दिनेश सिटौला)लाई मुख्य रूपमा भएको स्वास्थ्य समस्या ‘सबएक्रानोइड हेमोरेज (एसएएच)’  हो। पहिलेदेखि व्यक्तिको नसा ठूलो भएको अवस्थामा यस्तो समस्या हुन्छ। यसरी नसा ठूलो हुने अवस्थालाई ‘एन्यूरिज्म’ भनिन्छ।

    शरीरको मुटु, पेट, पेटका नसा, मस्तिष्क जस्ता जुनसुकै अंगमा पनि ‘एन्यूरिज्म’को समस्या हुन सक्छ। तर, मस्तिष्कमा हुने एन्यूरिज्म अर्थात् मस्तिष्कको नसा फुट्नुलाई ‘सबएक्रानोइड हेमोरेज (एसएएच)’ भनिन्छ।

    तर, सामान्यतया बाहिरीरुपमा मस्तिष्कमा भएको ‘एन्यूरिज्म’को लक्षण देखिँदैन। एक्कासि (मस्तिष्क)को नसा फुटेको बेला बिरामी बेहोस हुने जस्ता समस्या हुन्छन्। रक्तचाप, तनाव जस्ता कारणले  मस्तिष्कको नसा फुटेर व्यक्ति बेहोस भई ‘सबएक्रानोइड हेमोरेज (एसएएच)’ हुनसक्छ।  तर, उहाँको के कारणले यस्तो समस्या भएको हो भन्न नसकिए पनि उहाँको एन्यूरिज्म (मस्तिष्कको नसा ठूलो हुने)को समस्या पुरानै हुनुपर्छ।

    दुर्भाग्यवश, उहाँको मस्तिष्क भित्रको रगतको नली फुट्यो। हिँडेकै कारण यस्तो समस्या हुन्छ भन्ने हुँदैन। करिब ५० प्रतिशत व्यक्तिमा त चुपचाप बसेको अवस्थामा पनि यस्तो समस्या हुन सक्छ। कुनै पनि बेला यस्तो समस्या हुन सक्छ। सामान्यतया ६० वर्ष भन्दा बढीको उमेर समूहमा यस्तो समस्या हुने भएपनि युवा अवस्थामा समेत हुन्छ।

    सामान्यतया व्यक्तिलाई अस्पताल पुर्याउँदा नपुर्याउँदै मृत्यु हुने एउटा मुख्य कारण हृदयाघात (मुटुको समस्या) र अर्को एन्यूरिज्म फुट्ने समस्या नै हो।

    उहाँ (दिनेश)को सिरियल तरिकाले मस्तिष्कको नसा फुटेर रक्तस्राव भएको रहेछ। र, बेहोस हुनुभएछ। बेहोस भएपछि नजिकको अस्पताल लगिएछ। अस्पताल पुर्याउँदा मुटुको चाल पनि रहेनछ।

    मुटुको चाल नभएपछि सिपिआर गरियो। त्यहाँको डाक्टरसापहरुले जसरी सिपिआर गर्नु भएको छ, त्यो चाहिँ मान्नैपर्छ। ४० मिनेट भन्दा बढी सिपिआर गरेर उहाँको मुटुको चाल फर्काउनु भएछ।

    त्यसपछि उहाँ (दिनेश)लाई ग्राण्डी अस्पताल ल्याइएको हो। ग्राण्डीमा यो एक महिनामा उहाँ जस्तो ५-६ जना बिरामी आइसक्नुभएको छ। जसमा धेरैजसो व्यक्ति ठिक भएर गइसक्नु भएको छ। उहाँसँगै अस्पताल आउनुभएका एक जना बिरामी आइसियुबाट ठिक भएर वार्डमा सारिसकिएको छ।

    सामान्यतया सबएक्रानोइड हेमोरेज (एसएएच) भएका बिरामीको टाउकोमा रक्तस्राव भएपनि बिरामीको धेरै होस गुमेको हुँदैन। अझ यसरी भनौँ, पूरै होस गुमेको हुँदैन। सामान्यतया यस्तो समस्या भएर अस्पताल ल्याइएका दशमध्ये पाँच जना बिरामी होसमा नै हुन्छन्।

    सबएक्रानोइड हेमोरेज (एसएएच) भएका बिरामीको टाउको दुख्ने, बान्ता हुने, हातखुट्टा नचल्ने अवस्थामा आउँछन् तर बिरामीको होसको अवस्था ठिकै हुन्छ। सबएक्रानोइड हेमोरेज (एसएएच) भएपनि यसरी होस नगुमेका बिरामीमा ‘क्वाइलिङ’ उपचार विधि अपनाएर उपचार गरिन्छ।

    सबएक्रानोइड हेमोरेज (एसएएच) भएको अवस्थामा गाडीको ट्युब बाहिरबाट टालेजसी मस्तिष्कको नसा टाल्न मिल्दैन। त्यसैले नसाको भित्र गएर नसा फुटेर रक्तस्राव भएको ठाउँमा नसा भित्रैबाट ‘क्वाइलिङ’ गरेर उपचार गरिन्छ। जसलाई ‘क्वाइलिङ’ उपचार विधि भनिन्छ। यसरी ‘क्वाइलिङ’ उपचार गर्दा मस्तिष्कको नसा थप फुटेर रक्तस्राव हुन पाउँदैन। अनि बिरामी बचाउन सकिन्छ।

    तर, उहाँ (दिनेश)को उपचार भने अहिले अगाडि बढाइएको छैन। उहाँको अहिले ‘क्वाइलिङ’ विधि अपनाएर उपचार गर्ने अवस्था छैन। बिरामीको होस भएको र बाँच्ने आशा भएको अवस्थामा यस्तो उपचार विधि अपनाइन्छ।

    तर, उहाँको अहिले होस छैन। बोली केही पनि छैन। सामान्यतया अवस्थामा होसको अवस्था १५ ‘ग्लास्गो कोमा स्केल (जीसीएस)’ हुन्छ र न्यूनतम ३ ‘जीसीएस’ हुन्छ। तर, उहाँ अस्पताल आउँदा नै होसको अवस्था ३ ‘जीसीएस’ थियो। त्यो भनेको सबैभन्दा कम हो।

    होसको अवस्था न्यूनतम ८ ‘जीसीएस’ भएको व्यक्तिलाई तुरुन्तै उपचार गर्नुपर्छ। यस्तो अवस्थामा व्यक्ति बाँच्ने सम्भावना हुन्छ। तर, होसको अवस्था ३ ‘जीसीएस’ भएको अवस्थामा खासै सुधार हुँदैन।

    उहाँ (दिनेश)को होसमा सुधार भइहाल्छ की भनेर पर्खिरहेका छौँ। होसमा सुधार भयो भने ‘क्वाइलिङ’ उपचार विधि अपनाउँछौँ। तर, उहाँ जुन अवस्थामा आउनुभएको छ, यस्तो अवस्थामा सामान्यतया सुधार हुने सम्भावना कम हुन्छ।

    हाम्रो अहिलेको योजना ४८ देखि ७२ घण्टा सम्म हेर्ने हो। त्यसपछि होसमा केही सुधार भइहाल्यो भने त्यही अनुसार उपचारलाई निरन्तरता दिइन्छ। तर, ४८ देखि ७२ घण्टासम्ममा होसमा केही सुधार आएन भने उपचारलाई निरन्तरता दिएर खासै लाभदायक हुँदैन। अब भोलिसम्म हेरिन्छ।

    मुटुको चाल बन्द भएको बिरामीको पहिलो २४ देखि ४८ घण्टामा होस आएन र ४८ देखि ७२ घण्टासम्मको समय पनि कटिसकेपछि मस्तिष्कको एमआरआई गरिन्छ। एमआरआई गर्दा मस्तिष्कमा मुटुको चाल बन्द भएर अक्सिजन नपुगेको देखियो भने त्यस्तो अवस्थामा समेत उपचार गरेर कुनै अर्थ हुँदैन।

    सामान्यतया सबएक्रानोइड हेमोरेज (एसएएच)को समस्या भएका व्यक्ति ४८ देखि ७२ घण्टा सम्ममा होसमा आइसक्छन्। तर, उहाँ (दिनेश)को मस्तिष्क खराब अवस्थामा छ।

    अहिले उहाँको मुटुको चाल छ। तर, पूर्ण रूपमा बेहोसी अवस्थामा नै हुनुहुन्छ। मस्तिष्कले पूर्ण रुपमा काम गर्न छोडेको अवस्था पनि हैन। उहाँको रेस्पोन्स शून्य पनि हैन। तर रेस्पोन्स भने न्यून छ। दुर्भाग्यवश होस नभएपछि केही गर्न सकिँदैन।

    उहाँलाई आइसियुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। चिकित्सा विज्ञानका विकसित मुलुकमा हुने उपचार विधि अनुसार नै उपचार भइरहेको छ। फर्किने अवस्थामा समेत निरन्तर आइसियुमा उपचार गर्दा यस्तो समस्या भएका बिरामी फर्कन करिब चार हप्तासम्म लाग्छ।

    Post Views: 290
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ माघ १९, आईतवार ००:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.