• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

  •  संवाददाता
  • २०८३ श्रावण ५, मंगलवार १६:४८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा, साउन ५ — लगातार परेको अविरल वर्षापछि आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–६ कोर्ध क्षेत्रमा ६ घरधुरी उच्च जोखिममा परेका छन् भने अन्य १० घरधुरी पनि जोखिममा रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन ४ गते राति करिब ९ बजेदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा जमिन भासिएको र बस्ती जोखिममा परेको हो। आज बिहान प्राप्त सूचनापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा तथा बडिमालिका नगरपालिकाको संयुक्त अनुगमन टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेको थियो।

    अनुगमनका क्रममा प्रसादे साउद, गोरे साउद, अम्मर साउद, भक्त साउद, लाल साउद र खडक साउदका घरधुरी पूर्ण जोखिममा रहेको पाइएको छ।

    त्यसैगरी बल साउद, मन साउद, शिव बडुवाल, जय साउद, नर साउद, भाने साउद, गोरख साउद, अर्का बल साउद, खन्टे ल्वार तथा पवन बिकका घरधुरी पनि पहिरोको जोखिममा रहेका छन्।

    घटनामा हालसम्म कुनै मानवीय वा चौपाया क्षति भएको छैन। प्रभावित परिवारहरू तत्काल विस्थापित नभए पनि सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

    प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक सर्जमिन मुचुल्का तयार गरी राहत उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गरिएको जनाएको छ।

    Post Views: 235
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १६:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • २. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ३. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ४. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ५. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.