• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा… मन्त्री पद बर्खास्त गर्न माग …

  •  संवाददाता
  • २०८२ पुष १७, बिहीबार २०:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – चुनावी सरकारका तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले पद त्याग नगरी चुनावी मैदानमा उत्रिने घोषणा गरेसँगै राजनीतिक विवाद उत्पन्न भएको छ। यस विषयमा जेन्जी मुभमेन्ट नेपालले कडा प्रतिक्रिया जनाउँदै सरकारको वैधता र नैतिकता माथि प्रश्न उठाएको छ।

    जेन्जी मुभमेन्टले जारी गरेको वक्तव्यमा भनिएको छ कि मन्त्री पदलाई ढाल बनाउँदै चुनावमा जान खोज्नु लोकतन्त्र, नैतिकता र जेन्जी विद्रोहमा रगत बगाएका युवाहरूको बलिदानमाथिको प्रत्यक्ष घात हो। यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा दिएको “कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो” भन्ने अभिव्यक्तिले वर्तमान सरकारको निर्भरता र सत्ता कब्जा पुष्टि गरेको पनि वक्तव्यमा उल्लेख छ।

    वक्तव्यमा भनिएको छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुलमान घिसिङविरुद्ध दर्ता भइसकेका भ्रष्टाचारका मुद्दाहरू र भारतसँग कमिसन लिएर ४३ करोड रुपैयाँको राष्ट्रिय क्षति हुनेगरी गरिएको विद्युत् सम्झौताको तथ्यले पनि उनका पदमा बस्ने कारणलाई स्पष्ट पार्ने गरेको छ।

    जेन्जी मुभमेन्टले चेतावनी दिँदै कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गर्नुपर्ने र मन्त्री पदको दुरुपयोग गर्दै चुनावी प्रक्रियालाई कब्जा गर्ने प्रयास अस्वीकृत गर्न राज्य संयन्त्रले ढिलाइ गर्नु हुँदैन भन्ने धारणा राखेको छ। यससँगै, मुभमेन्टले भनेको छ कि सुशीला कार्कीले जेन्जी विद्रोह अपहरण गरेर बनाएको सरकारले आफ्नो वैधता गुमाइसकेको छ।

    जेन्जी मुभमेन्ट नेपालले स्पष्ट पार्दै देशमा कुशासन अन्त्य, सत्ता कब्जाको अन्त्य र नयाँ पुस्ताको बलिदानबाट देशको नयाँ युगको सुरुवात हुने बताएर ऐतिहासिक चेतावनी जारी गरेको छ।  प्रेस वक्तव्य निम्न  छ ।

     

    प्रेस वक्तव्य

    चुनावी सरकारका तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले मन्त्री पद नत्यागी चुनाव लड्ने घोषणा
    गर्नु लोकतान्त्रिक मूल्य र नैतिकताको गम्भीर हनन हो। मन्त्री पदलाई व्यक्तिगत सुरक्षा कवच बनाएर
    प्रतिस्पर्धात्मक प्रक्रियामा उत्रिन खोज्नु सत्ता कब्जाको योजनाबद्ध प्रयास हो, जसले देशलाई पुनः अस्थिरताको
    चक्रमा फसाउने स्पष्ट संकेत दिएको छ।
    प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा “कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो” भन्ने
    स्वीकारोक्ति दिएकी छन्। यस अभिव्यक्तिले वर्तमान सरकार जनताको म्यान्डेटमा होइन, एक व्यक्तिको उपस्थिति
    र शक्ति संरचनामा बन्धक बनेर टिकिरहेको छ भन्ने तथ्यलाई स्वतः प्रमाणित गरिदिएको छ। त्यही व्यक्तिलाई
    मन्त्री पदमै राखेर चुनावमा पठाउने निर्णयले सरकार सत्ता कु बाट बनेको हो भन्ने आरोप अब आरोप मात्र रहेन,
    प्रमाणमा रूपान्तरित भइसकेको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचारका मुद्दाहरू र ४३ करोड रुपैयाँको राष्ट्रिय क्षति
    हुनेगरी कमिसन लिएर भारतसँग गरिएको विद्युत् सम्झौतासम्बन्धी तथ्य उजागर भइसकेपछि कुलमान
    घिसिङको पदमा बसिरहनु कर्तुत ढाकछोप गर्ने प्रयास बाहेक केही होइन। पद छोड्ने बित्तिकै कानुनी प्रक्रिया
    सक्रिय हुन्छ भन्ने भयरहित राजनीतिलाई उनले अस्वीकार गरेका छन्। उनी मन्त्री पदमै टाँसिन चाहनु स्वयं
    भ्रष्टाचार र सत्ता दुरुपयोगको स्वीकारोक्ति हो।

    मन्त्रीमै रहँदै चुनावमा जाने उनको दाबीले जेन्जी मुभमेन्टले निरन्तर उठाउँदै आएको सत्ता कब्जाको आरोपलाई
    स्पष्ट रूपमा पुष्टि गरिदिएको छ। जेन्जी विद्रोहका मागहरू सम्बोधन नगरी युवाहरूको बलिदानलाई बेवास्ता गर्ने
    र “देशलाई निर्वाचनमा लैजान्छु” भन्ने नाममा सत्ता लम्ब्याउने प्रयास अब सरकारको वास्तविक चरित्र बनेर
    शुक्रबारकी सूर्यकोझैँ उदाएर आएको छ।

    सुशीला कार्कीले जेन्जी विद्रोहलाई अपहरण गरेर सत्ता कु गर्दै बनाएको सरकारको नैतिक र राजनीतिक वैधता
    समाप्त भइसकेको छ।
    यी सबै तथ्य र परिस्थितिका आधारमा कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्नु लोकतन्त्र, नैतिकता र न्यायको
    मूलभूत आवश्यकतामा पर्छ। देशलाई कब्जा–राजनीतिबाट मुक्त गर्दै जनआन्दोलनको मर्म पुनर्स्थापना गर्ने पहिलो
    कदम उनीमाथिको पदमुक्ति नै हो।

    जेन्जी मुभमेन्ट नेपाल स्पष्ट रुपमा घोषणा गर्दछ कि कुशासन अन्त्य हुन्छ, सत्ता कब्जा भत्किन्छ, र नयाँ पुस्ताको
    बलिदानबाट देश नयाँ युगतर्फ अघि बढ्छ। फेरि पनि सङ्घर्ष गर्न तयार हो। जय नेपाल ।

    Post Views: 250
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ पुष १७, बिहीबार २०:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.