• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

सुदुर पश्चिम् प्रदेशमा मन्त्री र संसदका स्वकीय नहटाउने….

  •  संवाददाता
  • २०८२ कार्तिक २१, बिहीबार ०१:४० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    धनगढी — सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिव कटौती नगर्ने सर्वदलीय समझदारी गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले उक्त समझदारी गरेको हो ।

    ‘मन्त्री र सांसदले प्राप्त गर्दै आएको स्वकीय सचिवको सुविधा नहटाउने भन्ने समझदारी भयो,’ बैठकमा सहभागी एक नेताले भने ।

    खर्च कटौतीका सन्दर्भमा प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिवालय खारेजी र कटौतीको निर्णयसहित संघीय सरकारले दिएको निर्देशनप्रति प्रदेशहरूले असन्तुष्टि जनाउँदै आएका थिए । मंगलबार अर्थ मन्त्रालयले ‘प्रदेशका सबै कामहरू प्रदेश र संघीय कानुनबमोजिम हुने’ भन्ने पत्र पठाएपछि सुदूरपश्चिममा सर्वदलीय बैठकद्वारा उक्त निर्णय गरिएको हो । ‘प्रदेशका कामहरू प्रदेश कानुनबमोजिम कार्यान्वयन गर्ने कुरा हो,’ सभामुख भीमबहादुर भण्डारीले भने ।
    बैठकमा मुख्यमन्त्री शाह, सभामुख भीमबहादुर भण्डारी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, माओवादी केन्द्रका नेता अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामी, राप्रपा सांसद खिमादेवी बिष्ट र कांग्रेस सांसद पदमबहादुर शाही उपस्थित थिए ।

    उक्त सर्वदलीय बैठकले प्रदेशसभा चाँडै सञ्चालन गर्ने निर्णय पनि गरेको छ । जेन-जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि प्रदेश सभा बैठक ठप्प छ । सभामुख भण्डारीका अनुसार हाल क्षतिग्रस्त भवनको बैठक कक्ष मर्मत कार्य भइरहेको छ । बढीमा दुई साताभित्र बैठक सञ्चालन गर्न सकिने गरी तयारी भइरहेको छ ।

    साथै, प्रदेश सरकारका निकायहरूमा विगतमा झैं सुरक्षा प्रदान गरिँदै आएका कार्यालयहरूमा पूर्ववत सुरक्षा प्रदान गर्न प्रदेश सुरक्षा समितिमार्फत सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय पनि भएको छ ।

    Post Views: 315
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ कार्तिक २१, बिहीबार ०१:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.