• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

हिमालि गाउँपालिका १ बिच्छ्याँमा पहिलो पटक खाद्य डिपो बिक्री केन्द्र स्थापना..

  •  संवाददाता
  • २०८२ जेष्ठ ३२, शनिबार १८:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा—बाजुराको सर्वाधिक विकट बिच्छ्याँमा पहिलो पटक खाद्य संस्थानको बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिमाली गाउँपालिका १ मा बिक्री केन्द्र स्थापना गरेको हो ।

    साविकको बिच्छयाँ गाबिस अर्थात हिमाली गाउँपालिका १, २ र ३ लाई लक्षित गरेर बिक्री केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले बताएका छन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडीका निमित्त प्रमुख भरत बुढाका अनुसार बिच्छ्यामा स्थापना भएको बिक्रि केन्द्रमा यस आर्थिक बर्ष अर्थात असार सम्मका लागि ३ हजार क्विन्टल चामलको कोटा रहेको छ । मार्तडी, धनगढी र राजपुरबाट एक एक हजार क्विन्टल चामल ढुवानी भइरहेको उनले बताए ।

    खाद्य संस्थानको शाखा कार्यालय मार्तडी सहितका डिपो तथा बिक्रि केन्द्रमा हाल प्रतिकेजी चामल ६२ का दरले बिक्रीवितरण भइरहेको छ । तर बिच्छ्याँ बिक्री केन्द्रमा भने २ रुपैयाँ महंगो पर्ने छ । अर्थात त्याँहा प्रतिकेजी चामल ६४ रुपैयाँमा बिक्रीवितरण हुने जनाएको छ । बिच्छयाँ अहिले सम्म यातायातको पहुँचमा पुग्न सकेको छैन् ।

    यसअघि चामल लिन एक देखि तिन दिन लाग्ने कुवाडी जानुपर्ने बाध्यता रहेको थियो । अब भने बिच्छ्यामा खाद्य बिक्री केन्द्र स्थापना भएको हो । बिच्छ्यामा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि त्यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर कुवाडी डिपोमा पुग्नुपर्ने बाध्यता हटेको हिमाली गाउँपालिका—३ का वडा अध्यक्ष मंगल बुढाले .बताएका छन् ।

    बिच्छयाँ भौगोलिक हिसाबले निकै बिकट र बाजुरा जिल्लाको ३५ प्रीतशत बढी भुगोल ओगटेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार बिच्छयाँको कुल जनसंख्या ३ हजार ४ सय ६८ जना रहेको छ ।

    सहज रुपमा यातायात सेवाको पहुँचमा नरहेका बिच्छ्याबासी अनुदानको चामल गाउँमै सहज रुपमा किन्न पाउने भएपछि खुसी भएका छन् । यसअघि उनीहरुले अनुदानको चामल लिन धेरै समय लगानुपर्ने बाध्यता रहेको थियो । खाद्य बिक्री केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् ।

    त्यस्तै, यसै बर्षबाट जिल्लाको हिमाली गाउँपालिकाकै धुलाचौरमा, बुढीनन्दाको पाण्डुसैनमा समेत नयाँ खाद्य बिक्री केन्द्र स्थापना भएका छन् । खाद्य संस्थानका अनुसार यस बर्ष धुलाचौरमा १५ सय, कुवाडीमा एक हजार, मुक्तिकोटमा ५ सय, पाण्डुसैनमा ५ सय, कोल्टीमा ६ हजार ५ सय र मार्तडीमा ७ हजार क्विन्टल कोटा रहेको छ ।

    सुगममा रहेको खाद्य संस्थानको चामल भने बिक्री हुन सकेको छैन् । बजारको मुल्य भन्दा संस्थानमा चामल महँगो हुँदा बिक्री नभएको पाइएको हो ।

    Post Views: 622
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    1
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ जेष्ठ ३२, शनिबार १८:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.