• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाजुराको अधिवेशन सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख २६, शुक्रबार २०:०० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा : नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको चौंथो अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै महासंघको अधिवेशन सम्पन्न भएको हो ।

    नेकपा एमाले जिल्ला कमिटी बाजुराको हलमा सञ्चालन भएको अधिवेशनमा ९ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुको प्रतिनिधित्व रहेको थियो । अधिवेशनबाट अध्यक्षमा रमेश ओली चयन भएका छन् ।

    उनको नेतृत्वमा, उपाध्यक्ष जगत बहादुर शाही, महिला आशा थापा, सचिव गंगाराम बिष्ट, उप–सचिव नर बहादुर बुढा, कोषाध्यक्ष ललिता रोकाया, सदस्य अमर बहादुर बुढा, सन्देश भण्डारी, पवन भण्डारीसहित १४ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

    नेकपा एमाले जिल्ला पार्टी उपसचिव एवं संगठन समन्वय मोर्चा विभाग प्रमुख हरिबहादुर रोकायाको प्रमुख अतिथित्यतामा अधिवेशन सञ्चालन भएको थियो । अधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिने सम्पूर्ण बक्ताहरुले संगठनलाई बलियो र चलायमान बनाउनु पर्नेमा जोड दिएका छन् ।

    स्वास्थ्यकर्मीहरु प्रत्यक्ष जनतासंग नजिक भएर सेवा दिने भएकाले गुणस्तरीय सेवासंगै संगठनलाई सक्रिय रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिए । पछिल्लो समय व्यक्तिगत स्वर्थका लागि मात्र लड्ने प्रवृत्ति हावी भएकाले आफ्नो कर्तव्य र जिम्मेवारी पनि नभुल्न सुझाव दिएका छन् ।

    स्वास्थ्यकर्मीहरुले आफ्नो हकहित र अधिकारका लागि संगठन मार्फत लड्नुपर्ने बताउँदै गुणस्तरीय सेवा मार्फत संठनलाई चिनाउनु पर्नेमा जोड दिएका छन् । संगठनमा आवद्ध स्वास्थ्यकर्मीहरुले सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरे पार्टीलाई फाईदा हुने बताउँदै संगठनलाई हित हुने कार्य गर्न सुझाव दिए ।

    नेकपा एमाले जिल्ला कमिटी उप सचिव हरि बहादुर रोकायाले पार्टीलाई मजबुत बनाउँन महासंघको ठुलो भूमिका रहने भएकाले क्रियाशील बनाउन आवश्यक रहेका बताएका छन् । केही संगठनहरु सक्रियाशीलता नभएका बताउँदै समन्वत्मक रुपमा अगाडी बढ्न पनि आग्रह गरेका छन् । रोकायाले स्वास्थ्य कर्मीका उचित माग संवोधन गर्न राज्य तयार हुनुपर्ने बताउँदै पालिका सरकार तयार रहेको बताएका छन् ।

    कफिन विकको अध्यक्षतामा सञ्चालन भएकाे अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य राजन रोकाया, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य विष्णुप्रसाद जैशीले शुभकामना मन्तव्य राखेका थिए ।

    आशा थापाले सञ्चालन गरेको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य देवबहादुर रोकाया र दीलबहादुर थापा भोटे लगायत महासंघमा आवद्ध स्वास्थ्यकर्मीहरुको पनि उपस्थित रहेको थियो ।

    Post Views: 538
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार २०:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.