• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

ऋणको बदलामा एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या..

  •  संवाददाता
  • २०८२ बैशाख २२, सोमबार २०:३१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    अमरोह, भारत- भारतको उत्तर प्रदेश प्रहरीले हत्यासम्बन्धी एउटा प्रकरण सुल्झाएको छ ।

    ब्याज तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि ऋणीले एक व्यक्तिको घाँटी थिचेर हत्या गरेको विषय प्रहरीले अनुसन्धान गरी टुंग्याएको हो ।

    हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।

    गएको मे २ मा भारतको हसनपुरको मोहल्ला होलीवाला निवासी हनिफ उर्फ इलैचीको शव उनकै घरभित्र बन्द अवस्थामा फेला परेको थियो। हनिफ घरमा एक्लै बस्थे । दोस्रो विवाह गरेका उनले मानिसहरूलाई ब्याजमा पैसा दिइरहन्थे ।

    तर एक्कासि उनको शव फेला पर्‍यो ।

    आइतबार प्रहरी उपरीक्षक अमित कुमार आनन्द र हसनपुरका सीओ दीप कुमार पन्तले संयुक्त पत्रकार सम्मेलनमा घटनाबारे खुलासा गरेका हुन् ।

    उपरीक्षक आनन्दले बताएअनुसार काशीराम कोलोनी निवासी शमशेरले चार महिनाअघि हनिफबाट ब्याजमा २० हजार रुपैयाँ ९भारु० लिएका थिए । रकम लिन उनले आफ्नो मोटरसाइकल धितो राखेका थिए । फेरि पछि  शमशेले ब्याट्री धितो राखेर अर्को पाँच हजार रुपैयाँ पनि लिएका थिए ।

    तर ब्याज तिर्न नसकेका शमशेर अप्रिल २९ मा आफ्नी श्रीमती शाज्मालाई लिएर हनिफकहाँ पुगे । ती उपरीक्षकका अनुसार दुवैले ब्याज तिर्न केही समय मागेका थिए । शाज्मा बरन्डामा बसिरहेकी थिइन् भने हनिफ र शमशेर कोठामा कुरा गरिरहेका थिए।

    उक्त क्रममा हनिफले आफ्नी श्रीमतीलाई एक महिनाका लागि आफूसँगै छोड्न भनेका शमशेरले प्रहरीसँगको बयानमा भनेका छन् ।  एक महिनालाई श्रीमती दिए पैसा र ब्याज नलिने हनिफले भनेका शमशेरले पनि प्रहरीसँग बयान क्रममा भनेका प्रहरीले बताएको छ ।

    यस्तो प्रस्ताव सुनेपछि शमशेरले हनिफको घाँटी तौलियाले थिचेर हत्या गरे । ती उपरीक्षकले भने, ुपछि दुवै जनाले शवलाई एउटा बक्समा बन्द गरेर मोटरसाइकल र ब्याट्री लिएर भागेका रहेछन् ।’
    मृतकको घर नजिकै जडान गरिएको सीसीटीभी फुटेज र उनको मोबाइल फोनबाट यो घटनाबारे खुलासा भएको हो । सोधपुछका क्रममा दम्पतीले पनि घटना स्वीकार गरेका प्रहरीले जनाएको दैनिक जागरणले लेखेको छ । अभियुक्तहरूलाई जेल पठाइएको छ ।

    यो मुद्दा सुल्झाएको खुसियालीमा उपरीक्षकले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार पनि दिएका छन् ।

    Post Views: 600
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २०:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.