• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुराको दुर्गम हिमालीका ६८२ परिवारले पाए बिजुली बत्ति..

  •  संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार १०:०८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा : लामो समय विकास र सुविधाको गन्धसमेत नपाएको बिच्छ्या यतिबेला बिजुली बत्तीले झिलिमिली बनेको छ । जिल्लाकै सर्वाधिक विकट क्षेत्र थियो बिच्छ्या । साबिक २७ गाविस मध्येको एक बिच्छ्या हाल हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाको भूगोलले परिचित छ । त्यही बिच्छ्या गाउँ पञ्चायतदेखि बहुदलसम्म कुनै सुविधा र विकासले नजिक रहेन । समस्या र अभावमा बाँचिरह्यो । तर यतिबेला भने बिच्छ्या उज्यालो देखिएको छ । गाउँहरू बिजुली बत्तीले झिलिमिली बनेका छन् ।

    जडीबुटी र पशुपालनको प्रचुर सम्भावनाको क्षेत्र बिच्छ्या अब बिजुली पुगेसँगै सडक पहुँच विस्तारको पर्खाइमा छ । यतीबेला हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाका ६ सय ८२ परिवारले बिजुली सुविधा पाएका छन् । त्यो उनीहरूलाई कल्पना बाहिरको विषय थियो । ६ सय ८२ परिवारका ३ हजार ८ सय ६७ जना उज्यालोसँगै जोडिएका छन् । बिच्छ्यामा हिमाली गाउँपालिकासँगको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थाले विद्युत् निर्माण गरेको हो ।

    २०८२ को जेष्ठसम्म बिजुली बाल्ने लक्ष्य थियो । तर संस्थाले निर्माण अवधि नसकिएको २ महिना भित्रै विद्युत् घरघर लाइन विस्तारसहित बिजुली बत्ती बालिसकेको छ । हिमाली गाउँपालिका-२ मा पर्ने नातिखोलाबाट विद्युत् उत्पादन गरिएको छ । विद्युत् आयोजनाकै नाम नातीखोला लघु जलविद्युत् आयोजना राखिएको छ । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज्कै सम्पूर्ण लगानीमा निर्माण कार्य सकाएर बिजुली बल्न सुरु भइसकेको संस्थाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङले जानकारी दिए ।

     

    १ सय किलोवाट क्षमताको विद्युत्लाई बिच्छ्या क्षेत्रका बस्ती बाहेक छिमेकी जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका मासफुर बस्ती समेत लाभान्वित हुनेछ । विद्युत् निर्माणमा १४ करोड ५५ लाख रुपैयाँ लागत खर्च गरिएको छ ।त्यही विद्युतबाट क्युडी गाउँका १ सय २० परिवारका लागि पनि लाइन विस्तार गरिने तयारी थालिएको स्थानीय अगुवा साजन थापाले बताएका छन् ।

    पुस्तौदेखी अँध्यारोमा स्थानीयलाई उज्यालो पाएपछि नयाँ संसार भेटिएको खुसी व्यक्त गरेका छन् । पालिकासँगको सहकार्यमा निर्माण गरिएको विद्युतले दुर्गम गाउँको सपना पुरा गरेको र पालिकाको सिंगो विकासमा ठूलो योगदान पुर्‍याएको गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् । मल्ल स्वयमले विद्युत् आयोजनाको उद्घाटन गरेका हुन् ।

    उद्घाटनका लागि उपाध्यक्ष राजकला सार्की, वडा अध्यक्ष सहित जनप्रतिनिधि बिच्छ्या पुगेका थिए । निर्माण कार्य गएको वर्ष मात्रै सुरु गरिएको हो । संस्थाले विद्युत् निर्माणका लागि सडक बाटो सम्भव थिएन । अहिलेसम्म पनि बिच्छ्या बाटो निर्माणको कुनै योजना छैन । बजेट माघ गरिए पनि आवश्यक बजेट नआउने हुँदा योजना अघि बढाउन पनि पालिकालाई समस्या छ । थोरै बजेटले कुनै काम नै नहुने हुँदा पालिकाले बिच्छ्या सडक पुर्‍याउन संघ र प्रदेश सरकारकै मुख हेरि बस्न बाध्य छ ।

    लिकप्टर मार्फत निर्माणका समान र विद्युतका सामानहरू ढुवानी गरिएको थियो । सडक पहुँच नभएकै कारण खर्चिलो तरिकाले विद्युत् निर्माणको काम सक्नु परेको संस्थाले बताएको छ । हिमालीमै विद्युत् निर्माण गरेको कादुरीले बाजुराकै गौमुल गाउँपालिका १ र २ नम्बर वडालाई लक्षित हुने गरी विद्युत् आयोजना र पुल पुलेसा निर्माण गरेको थियो । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्थाले बिजुली बाल्ने काम सम्पन्न गरेसँगै बिच्छयाँमा ४ स्थानमा झोलुङ्गे पुल, खानेपानी योजनाका साथै विद्यालयमा चार कोठे शौचालय र खानेपानी व्यवस्थापन गर्ने योजना बनाएको छ ।

    बिच्छयाँ बाजुराको पनि दुर्गम र पीछडिएको क्षेत्र भएकै कारण कादुरीले आफ्नो लगानी गरेको हो । कादुरी आउनु अघि बिच्छ्यामा तत्कालिन नेपाल सरकार र फिल्याण्ड सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना मार्फत विद्युत्, खानेपानी र संरचना विकासको काम थालिएको थियो । तर त्यो बीचमै अधुरै रह्यो । खरिद गरिएको विद्युतका पोलसमेत बीचमै चोरी भएका थिए । बाजुरा सदरमुकाम मार्तडीबाट कुनै गाउँपुग्न तीनदिनको पैदल हिँड्न पर्छ ।

    ती बस्तीमा समेत बिजुली पुर्‍याउने योजना बनाएर पालिकाको विकासमा कादुरीले धेरै सहयोग गरेको र त्यही सहयोगबाट स्थानीयका बर्षौदेखिका सपना पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दुर्गम गाउँहरू बिजुलीले झिलिमिली भएपछि पालिका सरकार देखि स्थानीय सबै खुसी भएका छन् ।

    राज्य लोड सेडिङमुक्त देशको कुरा गरिरहेको बेला देश भित्रकै भूगोलका स्थानीयले बिजुलीको उज्यालो कस्तो हुन्छ, तस्बिरमा समेत देख्न नपाएको अवस्था बिच्छ्या बासीका लागि थियो । भूगोलले टाढा पर्ने बिच्छ्यामा विकासका पूर्वाधार अन्य सुविधा र अवसरले पनि दुर्गम नै छ ।

    हिमाली गाउँपालिका नेपाल सरकारका वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको गृह पालिका पनि हो । हाल हिमालीका ३ वटा वडा रहेको बिच्छ्यामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जनसंख्या बसोबास छ ।

    Post Views: 543
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार १०:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.