• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना बाली काट्न मौसमको जानकारी लिन सुझाव….

  •  संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार ०८:०७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं : आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ ।

    हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना छ ।

    मौसमविद बिनु महर्जनका अनुसार वैशाख ४ गते विहीबार कोशी प्रदेशका एक-दुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

    यसैगरी हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । वैशाख ५ गते शुक्रबारको दिन कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान छ ।

    मधेश, गण्डकी र लुम्बिनी प्रदेश भरी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

    अहिले मसुरो र गहुँ काट्ने बेला भएकाले पानी पर्ने सम्भावना भएका ठाउँहरुमा अहिले बाली नकाट्न पनि मौसमविदले सुझाव दिएका छन् ।

    ‘देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् हरिप्रसाद दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’

    Post Views: 493
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ०८:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.