• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

क्रिएटर जोन एकेडेमी स्कुलको तेस्रो खेल मेला सम्पन्न

  •  संवाददाता
  • २०८१ चैत्र ३०, शनिबार ०६:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा: सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको तेस्रो खेल मेला सम्पन्न भएको छ ।  चैत्र २५ गतेबाट सञ्चालन भएको तेस्रो खेल मेला शुक्रवार  औपचारिक कार्यक्रमविच समापन भएको हो ।
    खेल मेलामा छात्रछात्रा खुला भलिबल र फुटबल प्रतियोगीता सञ्चालन गरिएको थियो । खेल मेलामा सहभागी टिममध्ये छात्र भलिबल खेलमा प्रथम त्रिवेणी नगरपालिका भएको छ भने द्धितीय नवयुग युवाक्लव भएको छ । त्यस्तै छात्रा भलिबल खेलमा प्रथम आयोजक क्रिएटर जोन एकेडेमी र द्धितीय सिवाइसी गौमुल भएको स्कुलले जनाएको छ । त्यसैगरी फुटबल प्रतियोगीतामा प्रथम रानिवन स्पोस्र्ट क्लब भएको छ । दुवै प्रतियोगीतामा बिजेता तथा उपबिजेता भएका टिमहरुलाई मेडल सहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताएका छन् ।
    नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम र एकल देउडा गायन प्रतियोगीता समेत गरेका छन्  ।उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीको प्रमुख आथित्यतामा शुभकामनासँगै देउडा गायन प्रतियोगीता कार्यक्रम सम्पन्न भएको क्रिएटर जोन एकेडेमी प्रिन्सिफल मिन बहादुर कार्कीले बताएका छन् । उनका अनुसार एकल देउडा गायन प्रतियोगीतामा सहभागीमध्ये प्रथम सोधा नेपाली, द्धितीय प्रेम नेपाली र तृतीय रिता बिष्ट भएका छन् । उनीहरुलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ ।
    त्यसैगरी क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको उक्त कार्यक्रममार्फत देउडा गायक नरेन्द्रराज रेग्मी र राजेन्द्र शाह(बिपी) लाई सम्मान गरेको छ । सुदूरपश्चिमको मौलिक संस्कृति लोक देउडाको विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला सहित सम्मान पत्रले सम्मानित गरेको प्रिन्सिफल कार्कीले बताए ।
    त्यस्तै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक नित्य समेत प्रस्तुत गरेका थिए । जिल्लाकै अग्रणी शैक्षिक संस्थाका रुपमा रहेको विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।

    विद्यालयका प्रिन्सिफल मिन बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए । त्यस्तै कार्यक्रममा शसस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी श्याम रावत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बोहरा, देउडा गायक नरेन्द्रराज रेग्मी र राजेन्द्र शाह (बिपी), पत्रकार, शिक्षक विद्यार्थी, अभिभावक लगायत सहभागी थिए ।
    कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक डबल हमालले गरेका हुन् ।

    Post Views: 330
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिबार ०६:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.