• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

नेकपा एमाले बाजुराको जिल्लास्तरीय जनजागरण सभा सम्पन्न..

  •  संवाददाता
  • २०८१ चैत्र १८, सोमबार २३:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा : नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी, बाजुराको आयोजनामा २०८१ चैत्र १८ गते बाजुरा जिल्ला सदरमुकाम, मार्तडीमा ‘गणतन्त्रको पक्षमा ‘जनजागरण सभा’ सम्पन्न भयो । करिब ५०० बढी पार्टीका नेता, कार्यकर्ता, जनसमुदायको सहभागितामा भएको सभा सदरमुकामको तुफानडाँडाबाट नारा, जुलुसका साथ मार्तडीको खुला मन्चमा पुगेर सभामा परिणत भएकोथियो ।

    जुलुस शुरु हुनुभन्दा अगाडि राष्ट्रय युवा संघले मोटरसाईकल ¥याली गरेकोथियो । जलुस र सभाको नेतृत्व तथा संयोजन जिल्ला कमिटी अध्यक्ष कमरेड लाल बहादुर ओलीले गर्नुभएकोथियो । खुला मन्चमा भएको सभामा उपस्थितलाई पार्टी कमिटी उपाध्यक्ष कमरेड जनक कुमार बोहराले स्वागत मन्तव्य राख्नुहुँदै गणतन्त्र कसैले घोषणा गरेरै पाएको होइन । यसका लागि तमाम नेपालीहरुले ज्यान दिएकाछन् । कमजोरीमाथि टेकेर गणतन्त्रको विपक्षमा जनता जान्छ भन्ने सोच नितान्त कुण्ठा मात्र भएको व्यक्त गर्नुभएकोथियो । सभा पार्टी कमिटी सचिव कमरेड काशी बहादुर बि.क. ले संचालन गर्नुभएकोथियो ।

    सभामा मुख्य वक्ता पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड लाल बहादुर थापाले २०४६ सालसम्म र त्यसपश्चात लोकतन्त्र तथा गणतन्त्र कालमा भएका विकास गतिविधिको तुलनात्मक विवरण प्रस्तुत गर्नुभएकोथियो । आज आएर लोकतान्त्रिक गणतन्त्रको विपक्षमा जनता उचालेर कसैले आफूलाई राजा भएको स्वेर कल्पना गर्दछ भने आँट गर्नु र निर्वाचनबाट संसदमा दुईतीहाई मत ल्याएर संविधान संशोधन गरेर राजा बन्नु । नत्र खोपीमा टुक्रक्क बसिराख्नु । उपवक्ता केन्द्रिय कमिटी सदस्य कमरेड सहदेव बोगटीले राजतन्त्रको पुनस्र्थापनाको सपना कसैले देखेको छ भने आजको समयमा उसले आफैलाई बिर्सेको मानिनुपर्ने कुरा राख्नुभयो । उपवक्ता पार्टी सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमरेड काली बहादुर शाहीले ११ गते चैत्र र आजको कार्यक्रममा भएको जनताको सहभागिताले नै जनाउँछ गणतन्त्रको रक्षाका लागि जनता सडकमा उत्रिन तयार छ । व्यवस्थाभित्र विभिन्न समयमा गठित सरकारले संचालन गरेका विकास गति बारे जनताबाट भएको गुनासोलाई समातेर गणतन्त्रको विरोधमा जाने सपना केवल दुष्साहस मात्र भएको कुरा व्यक्त गर्नुभयो ।

     


    कार्यक्रम समापन मन्तव्यमा जिल्ला अध्यक्ष कमरेड लाल बहादुर ओलीले २०४६ अगाडि बाजुराबाट ३२ दिन लगाएर वर्दीयाको राजपुरबाट नुन बोकेर ल्यएका जनता हौं । आज आएर ‘चुल्होमा तीउन, बजारबाट नुन’ गर्नसक्ने अवस्थाको सुबिधा दिलाउने लोकतन्त्र नै हो । विद्यालयमा शुःल्क तिरेर मात्र पढ्न पाइन्थ्यो । आज माद्यमिक विद्यालयसम्म निःशुल्क छ । स्वास्थ्य बीमाले उपचारमा सघाएको छ । जातीय विभेद र महिला हिंसा विरुद्धका अभियान, बाल अधिकार, मानव अधिकार जस्ता सवाल, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता लोकतन्त्रले नै उपलब्ध गराएको हो । आजको सभाको आयोजक नेकपा एमाले भए तापनि गणतन्त्रको पक्षमा बाजुराली जनताको मत बोलेको छ । कार्यक्रममा दूरबस्तीबाट उपस्थित हुनुभएकोमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएकोथियो ।

     


    कार्यक्रमको समापन पश्चात योजना अनुसार स्थानीय देउडा खेल खेलिएकोथियो । देउडा खेलमा महिलाको तर्फबाट बडीमालिका नगरपालिका, वडा नं. ८ कि अखिल नेपाल महिला संघकि अध्यक्ष कमरेड सुना र पुरुषको तर्फबाट कमरेड धनसिंले गीत हालेर नेतृत्व गर्नुभएकोथियो ।
    कार्यक्रम निकै प्रभावकारी, छरितो, व्यापक सहभागीमुलक, चुस्त भएको दर्शकहरुको प्रतिक्रिया रहेकोथियो ।

    Post Views: 488
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार २३:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.