राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य तथा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

शुक्रबार (आज) राजावादीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका छन्। त्यहाँ एक घर जलाइएको छ भने अन्य घरहरू तोडफोड गरिएका छन्। यस्तै एक जनालाई गोली लागेको छ। त्यहाँ मिश्र आफैँ पनि सहभागी थिए।
तर, त्यहाँ भएको क्षतिको जिम्मेवारी भने सरकारले लिनुपर्ने उनले बताएका छन्। ‘आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भनेका छन्, ‘अहिलेलाई यत्ति भनेँ- हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतीत नेताले सुरक्षा पाउने रहेछन्।’
यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
0
दुःखी
0
माया
0
उत्साहित
0
अचम्मित
0
आक्रोशित
0






