• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

नेकपा एमाले जगन्नाथ गाँउकमिटीको पाँचौ बैठक तथा जरा अभियान संचालन…

  •  संवाददाता
  • २०८१ फाल्गुन ३, शनिबार १७:५८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको पाँचौ बैठक सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र जुड्डिमा सञ्चालन भएको जरा अभियान केन्द्रीत बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

    नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापाको प्रमुख अतिथ्यतामा सञ्चालन भएको बैठकमा विशिष्ट अथिति प्रदेश कमिटी उपाध्यक्ष काली बहादुर शाही र अथिती हरु जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलि, प्रदेश कमिटी सचिवालय सदस्य मन बहादुर बिष्ट, जिल्ला सचीव काशी बि क संगठन बिभाग प्रमुख अमर रोकाया लगायत नेता कार्यकर्ता हरुको उपस्थित रहेको थियो । बैठकमा टोल कमिटीका ईन्चार्ज तोकिएको छ । भने जरा अभियानको कार्यायोजना, पार्टी सदस्यता नवीकरण तथा सच्याउने तथा सम्पुर्ण वडा कमिटीका कार्यालय स्थापनका गर्ने लगायतका बिषयमा निर्णय गरिएको छ ।

    बैठकमा एमालेको तिन महिने जरा अभियानलाई प्रभावकारी बनाउँन प्रशिक्षण समेत गरिएको थियो । एमाले प्रदेश कमिटी उपाध्यक्ष काली बहादुर शाही, जिल्ला अध्यक्ष लाल बहादुर ओलि, प्रदेश कमिटी सचिवालय सदस्य मन बहादुर बिष्ट, जिल्ला कमिटी सचिव काशी विक, विभागका प्रमुख अमर खड्का र निर्वाचन क्षेत्र ९क० संयोजक काली बहादुर धरालाले जरा अभियानका बारेमा जानकारी गराएका थिए ।

    पार्टीलाई अभियान मार्फत जनतासंगको अन्तर सम्बन्धलाई जोड्ने, पार्टी सदस्यता नवीकरण तथा विस्तार कार्यलाई प्रभावकारी बनाउँने, पार्टी र जनताबीचको अन्तरविरोधलाई पहिचान गरी समाधानका उपायहरु खोज गर्ने, पार्टीका नीति विचार कार्यक्रम र सरकारका कामको प्रचार गर्ने उद्देश्य जरा अभियानको रहेको सचिव विकले बताएका छन् ।

    त्यस्तै अभियान मार्फत नेतृत्व रक्षाका लागि जनाधार निर्माण गर्ने, विभिन्न खालका भ्रमलाई चिर्दै अन्य दलमा लागेका जनतालाई पार्टी प्रवेश गराउने र पार्टी छोडेकाहरुलाई घर फर्किन अभियान चलाउँने उनले बताए ।

    सेवाग्राही र जनप्रतिनिधीबीच प्रश्न उत्तर कार्यक्रम, प्रशिक्षण कार्यक्रम, कला संस्कृतिको जर्गेना र प्रवद्र्धन गर्न कमिटीले स्थानीय स्तरमा विभिन्न पर्वहरु मनाउने जरा अभियानमा समेटिएको छ ।

    माघ १ गतेदेखि सञ्चालन भएको उक्त अभियान चैत्र मसान्त सम्म चल्ने भएको छ । सोही अवधिमा गर्ने गतिविधीहरु सार्वजनिक गरिएको हो । संगठन सुदृढिकरण, बामपन्थी जनताको सवल एकीकरण, नया मान्छेलाई प्रोत्साहनसहित नेतृत्वमा जोड्ने, युवालाई राजनीतिप्रति आकर्षण गराउने, डिजीटल तथा नया प्रविधिमा लैजाने लगायतका गतिविधीहरु जरा अभियानमा सञ्चालन गरिने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले बताएका छन् ।

    विस्तारित बैठक, सदस्यता विस्तार तथा नवीकरण, कारोबार चुस्त, दुरुस्त राख्न खाता सञ्चालन, वडा सार्वजनिक सुनुवाई, काम गुणस्तरीय बनाउन पालिका स्तरीय सभादल निर्माण, तहगत प्रणालीको सुरुवात लगायतका विषयमा छलफल गरिएको उनले बताए ।

    केन्द्रिय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा जगन्नाथ गाउँ कमिटी उपाध्यक्ष बलकन्न शाहिकोको अध्यक्षतामा सञ्चालन भएको थियो । गाउँ कमिटीका सचिब टक्क कामिले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कमिटीका सह(सचिव गौरी बिष्टले राखेका थिय जिल्ला कमिटी, गाउँ कमिटी, टोल कमिटीका पदाधिकारी तथा सदस्य लगायत भातृ संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

     

    Post Views: 439
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    1
    आक्रोशित
    आक्रोशित
    1
    प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार १७:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.