• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

तीन तहका सरकारलाई बाँडियो खानेपानी अधिकार…

  •  संवाददाता
  • २०८१ माघ १८, शुक्रबार १२:२० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    खानेपानी मन्त्रालयले ल्याएको ‘खानेपानी तथा सरसफाइ नियमावली २०८१’ ले प्रत्येक सरकारलाई अधिकार क्षेत्र तोकेको छ । खानेपानी तथा सरसफाइ ऐन २०७९ कार्यान्वयन गर्न बनेको नियमावली अधिकार सहित आएको हो ।

    नियमावली अनुसार अब अधिकांश साना आयोजना स्थानीय तहलाई आउने भएको छ । १५ करोडसम्मको आयोजनाको अधिकार स्थानीय तहलाई दिने नियमावलीमा उल्लेख छ । यस्तै १५ देखि ५० करोड रुपैयाँसम्म प्रदेश सरकारलाई र त्योभन्दा बढीको संघीय सरकारले हेर्ने गरी नियमवाली आएको हो ।

    खानेपानी, सरसफाइ सम्बन्धी सेवा प्रदायकहरूलाई नियमनको विषय पनि नियमावलीमा समेटिएको छ । समन्वयमा मात्रै खानेपानी र ढलको काम अब खानेपानी उपभोक्ता संस्थाहरू स्थानीय तहमै दर्ता हुने व्यवस्था भएको छ । नियमावलीमा खानेपानी सेवा क्षेत्रमा दोहोरोपना हुने गरी र उपयोग भइहेको पानीको परिमाणमा कटौती हुने गरी संस्था दर्ता गर्न नपाउने समेत उल्लेख छ ।

    यस्तै सेवा प्रदायकले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्रै काम गर्नुपर्ने नियमावलीमा आएको छ । नियमावलीले घरेलु प्रयोजनका लागि भएका खानेपानी आयोजना बाहेक खानेपानी तथा सरसफाइ सेवा सर्वेक्षण, निर्माण तथा सञ्चालन गर्न अनुमति लिनुपर्ने नयाँ व्यवस्था ल्याएको छ । खानेपानी सेवा प्रदायकहरूले अनुमतिपत्र लिनुपर्ने र त्यसको विवरण सबै तहको सरकारलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

    नियमावलीमा खानेपानी महसुुल निर्धारण आयोगले निर्धारण गरेभन्दा बढी शुल्क तथा महसुल लिए अनुमतिपत्र खारेज हुन सक्ने प्रावधान छ । २ हजारभन्दा बढी धारा भएका खानेपानी सेवा प्रदायकले कुल महसुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने छ । त्यस्तै, विपन्न वर्गलाई धारा तथा ढल जडान बापत शुल्क तथा महसुलमा छुट दिनुपर्ने व्यवस्था समेत नियमावलीमा छ ।

    Post Views: 420
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ माघ १८, शुक्रबार १२:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.