• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा खेलाडी दीपेन्द्रसिंह ऐरीको यस्तो छ अहिलेसम्मको विस्व रेकर्ड..

  •  संवाददाता
  • २०८१ पुष ६, शनिबार २१:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय टोलीका लागि खेलाडी खोजिने ठाउँ भनेकै १९ वर्ष मुनिको टोलीमा नै त हो।

    विसं २०७२ पछिको १९ ब्याचमा थुप्रै प्रतिभाशाली खेलाडीहरू प्रतिस्पर्धामा थिए।

    सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, रोहित पौडेल, पवन सर्राफ, कमलसिंह ऐरी र ललितनारायण राजवंशीजस्ता खेलाडीहरूले राष्ट्रिय टोलीको ढोका ढक्ढकाइरहेका थिए।

    यसै बेला २०७४ सालको यू(१९ एशिया कपमा कप्तान लामिछानेलाई हटाई दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारी दिइयो।

    कप्तानीको जिम्मेवारी के पाएका थिए, ऐरीले आफ्नो क्षमता प्रस्तुत गरिहाले।

    मलेशियामा भएको उक्त प्रतियोगितामा नेपालले इतिहासमा पहिलो पटक भारतलाई पराजित गरेर सनसनी मच्चायो, त्यो पनि ऐरीकै अलराउण्ड प्रदर्शनमा।

    दीपेन्द्रसिंह ऐेरीको शानदार प्रदर्शनमा नेपाललाई क्रिकेटको उपाधि
    क्रिकेट खेलाडी(पदाधिकारी शक्ति सङ्घर्ष समाधान उन्मुख
    भारतमाथि पहिलो विजय


    यसअघि नेपाली क्रिकेटले कुनै पनि क्रिकेटमा भारतलाई हराउन सकेको थिएन।

    खेलमा पहिलो ब्याटिङ गरेर नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाए र लक्ष्य पछ्याउन आएको भारतलाई १६६ रनमा नै अलआउट गरिदियो।

    डिफेन्डिङ च्याम्पियन भारत १९ रनले पराजित भयो।

    त्यसमा ऐरीले ब्याटिङमा ८८ रन बनाएका थिए भने बलिङमा चार विकेट लिएका थिए।

    नेपालसँग हारेपछि राहुल द्रविडको प्रशिक्षणमा रहेको सो भारतीय टोलीका अधिकांश खेलाडीहरू राष्ट्रिय टोलीबाट आउट भएका थिए।

    नेपालको सो जितको खुबै प्रशंसा भयो साथै कप्तान ऐरी पनि चर्चामा आए।

    दीपेन्द्रसिंह ऐरी
    राष्ट्रिय टोलीमा डेब्यूु


    उमेर समूहको क्रिकेटमा प्रभाव जमाएका ऐरीले सन् २०१७ मा आईसीसी विश्वकप लीग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलबाट राष्ट्रिय टोलीमा ुडेब्यूु गरेका हुन्।

    सो प्रतियोगितामा कप्तान पारस खड्काको शल्यक्रिया गरेकाले उनको स्थानमा मध्यक्रमको भरपर्दो खेलाडीको खोजी भयो। अनि ऐरीले मौका पाए।

    खड्काको स्थानमा चौथो नम्बरमा ब्याटिङ गर्न पाएको अवसरलाई सदुपयोग गर्न ऐरी चुकेनन्।

    यसअघि कप्तान खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले मात्र नेपालको मध्यक्रम सम्हाल्दै आएका थिए।

    मध्यक्रमका भरपर्दा खेलाडी
    ऐरी पहिलो खेलमा १९ रनमा आउट भए तर दोस्रो खेलमा उनले ६२ रन बनाउँदै नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।

    नेपालका दुई खेलाडी आउट भइसकेको अवस्थामा उनले मल्लसँग मिलेर तेस्रो विकेटका लागि १११ रनको पार्टनरशीप गरेर जितको आधार बनाउन सहयोग गरे।

    प्रतियोगिता सकिएसँगै उनले आफूलाई राष्ट्रिय टोलीको भविष्यका भरपर्दा मध्यक्रमका खेलाडीका रूपमा उभ्याइसकेका थिए।

    ू नेपालले एक जना भरपर्दो मध्यक्रमको खेलाडी भेटेको छ प्रतियोगितापछि कप्तान खड्काले भनेका थिए।

    भन्नै परेन, त्यसपछि ऐरीले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन।

    कीर्तिमान
    ओडीआई डेब्यूु


    त्यसपछिको पाँच वर्षे क्रिकेट यात्रामा उनी राष्ट्रिय टोलीका नियमित र प्रभावकारी सदस्य बन्दै आएका छन्।

    नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई राष्ट्रको मान्यता पाएपछि ऐरीले नेदरल्याण्ड्सविरुद्ध डेब्यूु गरे।

    बलिङ गर्न नपाए पनि चौथो नम्बरको खेलाडीको रूपमा मैदान प्रवेश गरी उनले ३३ रन बनाएका थिए।

    सन् २०१८ मा नेपालले इङ्ल्याण्ड र नेदरल्याण्डसमा गरेको भ्रमणमा ओडीआई खेल्नु अगाडि ऐरीले लन्डनको लर्डस् मैदानमा टी २० अन्तर्राष्ट्रियमा ुडेब्यूु गरिसकेका थिए।

    उनी सँगै आरिफ शेख, राजवंशी र अनिल शाहले पनि लर्ड्समै टी२० मा ुडेब्यूु गरेका थिए।

    आधा दशकको यात्रा
    दीपेन्द्रसिंह ऐरी


    क्रिकेटको आधा दशकको यो यात्रामा ऐरीले आफूलाई ुमिडल अर्डरुको एउटा मजबुत खम्बाको रूपमा स्थापित गरिसकेका छन्।

    यस अवधिमा खेलेको १६ एकदिवसीय खेलमा उनले २९१ रन बनाएका छन् भने ३९ टी २० मा १,०३३ रन जोडेका छन्।

    त्यस्तै बलिङतर्फ ओडीआईमा सात तथा टी २० मा १५ विकेट लिइसकेका छन्।

    यो अवधिमा उनले सबै भन्दा अविस्मरणीय प्रदर्शन गरेको चाहिँ काठमान्डूमा भर्खरै सम्पन्न पपुवा न्युगिनीसँग एकदिवसीय र मलेशिया सम्मिलित त्रिकोणात्मक टी २० शृङ्खला नै हो।

    घरेलु दर्शकहरूमाझ यी प्रतियोगितामा ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै क्षेत्रमा ऐरी गजबले छाएका थिए।

    कीर्तिमानै कीर्तिमान
    टी(२० का पाँच खेलमा एक शतक र दुई अर्ध शतकसहित २५५ रन अनि बलिङमा सात विकेट लिएपछि उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने।

    उनको नाममा कीर्तिमानहरू पनि लेखिए ।

    टी २० अन्तर्राष्ट्रियमा उनी एक हजार रन बटुल्ने पहिलो नेपाली खेलाडी बने।
    टी २० र एकदिवसिय दुवै प्रतिस्पर्धामा शतक प्रहार गर्ने पारस खड्का पछि उनी दोस्रो खेलाडी बने।
    र, यही प्रदर्शनका कारण उनी अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी(२० अलराउण्डरको सूचीमा उत्कृष्ट १० खेलाडीभित्र परेका छन्।

    आइसीसीको कुनै पनि विधाको उत्कृष्ट १० मा पर्ने ऐरी पहिलो नेपाली खेलाडी हुन्।

    त्यसो त ओडीआईको एउटै शृङ्खलामा सबैभन्दा बढी शून्यमा आउट हुने कीर्तिमान पनि उनकै नाममा छ। वर्ल्डकप क्रिकेट लीग २ का आठ खेलमा उनी चार पटक शून्यमा आउट भएका छन्।

    दीपेन्द्रसिंह ऐरी
    सबै क्षेत्रमा भरपर्दा
    उमेरले ऐरी २२ वर्षका भए।

    हेलमेट भित्र कालो रुमाल बेरेर खेल्नु ऐरीको पहिचान नै हो। अहिले झ्याप्प दाह्री पनि पालेका छन्।

    दायाँ हाते ब्याटर र दायाँ हाते स्पीनर उनी फिल्डिङमा पनि झन् चुस्त छन्।

    त्रिकोणात्मक शृङ्खलामा करण केसीले ह्याट्रिक विकेट लिने क्रममा तेस्रो विकेटको क्याच ऐरीले लिएका थिए।

    तर क्याच समातिनु अगाडि नै केसीले खुसी मनाइसकेका थिए।

    पछि केसीले भनेका थिए, ूत्यहाँ फिल्डरको रूपमा दीपु ९दीपेन्द्र भएकोले क्याच समातिनेमा म ढुक्क भइसकेको थिएँ।

    अन्तर्मुखी ऐरी


    पुर्खौली घर बैतडी दशरथ चन्द नगरपालिका, गरुडीका ऐरीको परिवार २०४० सालमा कञ्चनपुर झरेका हुन्।

    अहिले महेन्द्रनगर टिलाचौर ८ मा बस्ने ऐरीले त्यहीँ नै क्रिकेट सिकेका हुन्।

    सानो उमेरमा नै मेहनती उनी जिल्ला र क्षेत्रीय खेल्दै यू१९ मा पदार्पण गरेका थिए।

    त्यति बेलाका क्षेत्रीय क्रिकेट सङ्घका क्षेत्र नम्बर ९ धनगढीका कार्यवाहक अध्यक्ष धिरेन्द्र साउद भन्छन्, ूक्षेत्रीय छनोटमा ऐरीले उत्कृष्ट प्रदर्शन गरे तर काठमान्डूमा यु( १९ राष्ट्रियमा भने राम्रो प्रदर्शन गर्न सकेनन्।ू
    ूतर हामीले उ क्षमतावान भएको भन्दै क्याम्पमा राख्न सुझाव दिए। अनि क्याम्पमा राम्रो गरेपछि उनले य
    बुबा गगनसिंह ऐरी र आमा नारुदेवीका कान्छा छोरा ऐरीको दुई दाजु र एक दिदी छन्।

    उनी धेरै बोल्दैनन् तर जति बोल्छन् एकदम स्पष्ट बोल्छन्।

    पछिल्लो समय नेपाल क्रिकेट सङ्घ क्यान र राष्ट्रिय खेलाडीबीच खेलाडी वर्गीकरणको विषयमा नमज्जाले मनमुटाव हुँदा ऐरी पनि त्यसमा मुछिएका थिए।

    जसका कारण उनको उपकप्तान पद नै खोसियो।

    तर तमाम तनावका बीच राष्ट्रिय टोलीमा खुलेर खेल्न सक्ने ऐरीको धैर्यताको खुलेरै प्रशंसा भयो।

    त्यसपछि भने ऐरीले मिडियासमक्ष बोलेका छैनन्।

    यद्यपि क्रिकेटकर्मीहरूको विश्वास छ, युवा ऐरीको ब्याट र बल भने अब धेरै लामो समयसम्म बोल्नेछ।

    Post Views: 609
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • #ekantipur
    • #onlinekhabar
    • creckot
    • dipendrasingairi
    • nepalicricate
    • newsnepal
    • nplnepal
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार २१:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.