• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

एनपीएलको फाइनलमा सुदूरपश्चिमपश्चिम र जनकपुर भिड्ने हुँदा के भन्छन् कप्तान …

  •  संवाददाता
  • २०८१ पुष ६, शनिबार ०९:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं-  नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल खेलमा दुई चिरप्रतिद्वन्द्वी सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्। एनपीएलको पहिलो संस्करणमा यी दुई टोली तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो।

    यस्तै पहिलो क्वालिफायरमा भेट हुँदा पनि सुदूरपश्चिमले आठ विकेटको जित निकालेको थियो। यी दुई टोली शनिबार एनपीएलको आकर्षक ट्रफी उचाल्न मैदानमा उत्रिँदै छन्। सुदूरपश्चिम र जनकपुरको खेल समर्थकको सबैभन्दा प्रतीक्षाको खेल पनि हो। त्यसैले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहानैदेखि भिडभाड हुने निश्चित छ।

    विगतको खेल हेर्ने हो भने दर्शकदीर्घामा जनकपुरको भन्दा सुदूरपश्चिमको बाहुल्यता बढी देखिने निश्चित छ। दर्शकको बाक्लो उपस्थिति र देउडाको मज्जा। त्यसैले शनिबार त्रिवि मैदानको रौनक खेलले मात्रै तताउने छैन, दर्शकको बाक्लो उपस्थितिले गुञ्जयमान बन्नेछ। लगातार दुई पटक निरास बनेको जनकपुर सुदूरपश्चिमविरुद्ध नयाँ रणनीति लिएर मैदान उत्रिँदैछ।

    जनकपुरका कप्तान आसिफ शेखले टोली नयाँ रणनीतिसहित उपाधिका लागि मैदान उत्रिने दाबी गर्छन्। ‘सुदूरपश्चिमसँगको अघिल्ला दुई खेल हाम्रो पक्षमा थिएन। यो कुरा हामीले राम्रोसँग बुझेका छौं’, आसिफले भने, ‘फाइनलमा पुगेपछि विगतको प्रदर्शनले खासै अर्थ राख्दैनन्। विगतमा जे भयो भयो, जसरी पनि उपाधि जित्न नयाँ रणनीतिसहित मैदानमा उत्रिने छौं जनकपुरको शीर्ष ब्याटिङ क्रमले खासै प्रभाव देखाउन सकेको छैन् ।

    माथिल्ला क्रमका खेलाडी छिटो पेभेलियन फर्किंदा त्यसको दबाब मध्य र तल्लो क्रममा खेलाडीले भोग्नु परिरहेको छ। सुदूरपश्चिमको मुख्य चिन्ता भनेको जिमी निसम हुन्। त्यसैले उनलाई जतिसके चाँडो पेभेलियनमा पठाउने भन्ने रणनीति सुदूरले बुनेको छ। यसबाट जनकपुर सचेत हुनु जरुरी छ।

    लगातार दुई हारबाट जनकपुरले सिक्नुपर्ने पाठ भनेको ब्याटिङ नै हो। शीर्ष क्रमका ब्याटरले जिम्मेवारी बहन गर्ने र मध्यम क्रममा निसमबाहेक अरुले पनि पालि सम्हाल्ने हो भने जनकपुरलाई पराजित गर्न सुदूरपश्चिमलाई हम्मेहम्मे नै पर्छ। बलिङमा ललित राजवंशीले आफ्नो जादु देखाइरहेका छन्।

    उनले सुदूरपश्चिमका स्कट केगुलेइनलाई पछ्याइरहेका छन्। स्कट र ललित दुवै १६ विकेटसहित शीर्ष स्थानमा छन्। ललितलाई हर्ष थाकर, शेर मल्ल र किशोर महतोले साथ दिनु जरुरी छ। जनकपुरसँगको दुई खेलमा सहज जित निकालेको सुदूरपश्चिमको मनोबल उच्च भए पनि टोली फाइनलका लागि सचेत रहेको कप्तान दीपेन्द्रसिंह ऐरी बताउँछन्।

    ‘हामीले जनकपुरलाई यसअघि दुई चोटी हराएका थियौं। तर, पनि हामी जनकपुरलाई सहज रुपमा लिँदैनौं। जनकपुर पनि निकै बलियो टोली हो’, दीपेन्द्रले भने, ‘लगातार दुई खेल पराजित गरेकाले आफ्नो मनोबल भने उच्च छ। हामी त्यही मनोभाव लिएर मैदान उत्रिने छौं।’ सुदूरपश्चिम सन्तुलित टोली छ।

    ब्याटिङ र बलिङमा खेलाडीले उत्कृष्ट प्रदर्शन गररहेका छन्। लिग चरणमा पनि एक खेलमा मात्रै पराजय बेहोरेको सुदूरपश्चिमको अर्को महत्वपूर्ण हतियार दर्शक पनि हो। दर्शकहरूले हरेक खेलमा सुदूरपश्चिमले समर्थन गर्दै आएक छन्।

    जनकपुरसँग सचेत छौं दीपेन्द्र

    सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले फाइनल प्रतिद्वन्द्वी जनकपुर बोल्ट्ससँग सचेत रहेको बताएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबमार हुने नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै दीपेन्द्रले जनकपुरसँग आफूहरू सचेत भएर खेल्ने बताएका हुन्।

    ‘हामीले जनकपुरलाई यसअघि दुई चोटी हराएका थियौं। तर, पनि हामी जनकपुरलाई सहज रुपमा लिँदैनौं। जनकपुर पनि निकै बलियो टोली हो’, दीपेन्द्रले भने, ‘लगातार दुई खेल पराजित गरेकाले आफ्नो मनोबल भने उच्च छ। हामी त्यही मनोभाव लिएर मैदान उत्रिने छौं।’ उनले सुदूरपश्चिम उत्कृष्ट फर्ममा रहेकाले त्यसैलाई फाइनलमा पनि निरन्तरता दिने बताए।

    हामी आफ्नो उत्कृष्ट दिन्छौं आसिफ

    जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे। ‘सुदूरपश्चिमसँगको अघिल्ला दुई खेल हाम्रो पक्षमा थिएन। यो कुरा हामीले राम्रोसँग बुझेका छौं’ आसिफले भने, ‘फाइनलमा पुगेपछि विगतको प्रदर्शनले खासै अर्थ राख्दैनन्।

    विगतमा जे भयो भयो, जसरी पनि उपाधि जित्न नयाँ रणनीतिसहित मैदानमा उत्रिने छौं । उनले सुदूरपश्चिमगसँग बदला लिनका लागि नभई उपाधि जित्न मैदान उत्रिने बताए। ‘हामी बदला लिने भावना बोकेर मैदानमा उत्रिँदैनौं। सुदूरपश्चिमसँगको दुवै खेलमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं।

    त्यो हारको समीक्षा गरेका छौं। हामी उत्कृष्ट क्रिकेट खेल्न चाहन्छौं। अघिल्ला दुई खेलमा हारबाट पाठ सिकेका छौं। आत्तिएका छैनौं, आसिफले भने, ‘हामीले पछिल्ला दुई खेलमा हाम्रो राम्रो ब्याटिङ चल्न सकेन। हामीसँग अनुभवी र युवा खेलाडीको कमी छैन। त्यसैले फाइनलमा सुधारिएको ब्याटिङ गछौं ।

    Post Views: 461
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार ०९:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.