• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

विप्लव निकट नेकपाको निष्कर्ष- प्रचण्ड एकताविरोधी भए, माओवादीसँग नमिल्ने…

  •  संवाददाता
  • २०८१ पुष ३, बुधबार १७:५५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपा (माओवादी केन्द्र) सँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको छ।

    कपिलवस्तुको शिवगढीमा दुई दिनसम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता विरोधी भएको भन्दै अब एकताको पहल नगर्ने निर्णय गरेको हो।

    यसअघि बसेको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने र अरू वामपन्थी शक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुरूप नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले प्रचण्डसँग छलफल चलाएका थिए।

    माओवादी केन्द्रमा विप्लवलाई महासचिव नै बनाएर ल्याउने विषयमा छलफलसमेत चलेको थियो। अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका नेताहरू भन्दा बरू विप्लवले नै माओवादीलाई सपोर्ट गर्दै आएकोसमेत बताएका थिए।

    ‘विप्लव नेतृत्वको नेकपाले एकता गर्ने निर्णय गर्‍यो र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले एकताको बारेमा कुनै छलफल गरेन,’ नेकपाका प्रचार विभाग सदस्य प्रकाश डुम्रेले सेतोपाटीसँग भने, ‘त्यसैले प्रचण्ड एकताको विरोधी हुनुभयो र एकताको सम्भावना टर्‍यो भन्ने निष्कर्ष निस्कियो।’

    तर माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायत वामपन्थी दलहरूसँग समदुरीमा बसेर छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

    मंसिर २८ गते बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी एकतामा आएकाहरू पुराना पार्टीको जिम्मेवारी अनुसार नै जिम्मेवारी दिने निर्णय पनि गरेको थियो। सोही बमोजिम तल्ला कमिटीहरूमा पनि सर्कुलर पठाइएको थियो।

    ‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन-जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णयअनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा उल्लेख छ।

    २०७० सालमा माओवादी पार्टी फुट्नुअघि विप्लव उक्त पार्टीका पोलिट्ब्युरो सदस्य थिए। माओवादीको यो निर्णयअनुसार पार्टी एकता भए पनि विप्लवले सचिवमात्रै पाउने सम्भावना हुन्थ्यो।

    त्यसैले पनि नेकपाले माओवादी केन्द्रसँग तत्कालका लागि एकताको सम्भावना टरेको निष्कर्ष निकालेको हो।

    यस्तै बैठकले ‘सी’ गार्मेन्टमा सिलाएको लुगा लगाउने निर्णय पनि बैठकले गरेको छ। बैठकले उत्पादनमा नेताहरूलाई केन्द्रित गर्ने र बिघौं बिघाह जग्गामा खेतीपाती गर्ने निष्कर्ष निकालेको डुम्रेले जानकारी दिए।

    Post Views: 554
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • #annapurnadainik
    • #badimalika
    • #breakingnews
    • #ekantipur
    • #gorkhapatra
    • #gorkhapatradainik
    • #himalayantimes
    • #kathmandupost
    • #nagariknews
    प्रकाशित मिति: २०८१ पुष ३, बुधबार १७:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.