बाजुरा, जेठ ३१ — बाजुराको बडिमालिका नगरपालिका–१ सल्याना गाउँस्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ करिब ७ः३० बजे स्थानीय कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी थिइन्। उनलाई उनका दाजु वीरभाने कार्कीले उद्धार गरी उपचारका लागि राति ९ः२५ बजे जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए।
अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृतकको शव जिल्ला अस्पताल मार्तडीमा राखिएको छ। घटना स्थल जिल्ला प्रहरी कार्यालय बाजुराबाट करिब डेढ घण्टा पैदल दूरीमा दक्षिण–पश्चिम दिशातर्फ पर्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।बाजुरा, जेठ ३१ — बाजुराको बडिमालिका नगरपालिका–१ सल्याना गाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ करिब ७ः३० बजे स्थानीय कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की पोखरीमा नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी थिइन्। उनलाई उनका दाजु वीरभाने कार्कीले उद्धार गरी उपचारका लागि राति ९ः२५ बजे जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए।
अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल जिल्ला अस्पताल मार्तडीमा राखिएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय बाजुराबाट करिब डेढ घण्टा पैदल दूरीमा दक्षिण–पश्चिम दिशातर्फ पर्ने प्रहरीले जनाएको छ। घटनापछि आवश्यक कानुनी प्रक्रिया अन्तर्गत लास मुचुल्का तयार गर्ने कार्य सम्पन्न भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार मृतकको शवको सोमबार पोस्टमार्टम गरिनेछ। पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शव परिवारलाई बुझाइने उनले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।







