नेकपा एमाले बाजुरा जिल्ला पार्टि कमिटि द्धारा एमाले निकट जनसंगठन लाई संगठनका काम योजना सदस्यता नविकरण स्थानिय तहका कमिटि विस्तार जिल्ला अधिवेशन भएका भात्रृ संगठन र नभएका संगठनको यथासिघ्र जानकारि जनसंगठनका पदाधिकारि एवं प्रतिनिधि संग पार्टिले विवरण मागेको छ ।

एमाले बाजुरा जिल्ला कमिटि उपसचिव तथा जनसंगठन विभाग प्रमुख हरि बहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न जनसंगठनका प्रमुख एवं प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा जनसंगठनका प्रमुख हरुले आ आफ्ना संगठनमा भएका गरेका कामको विवरण क्रमस प्रस्तुत गरेका थिए ।
बैठकमा जिल्ला भित्र सक्रिय सम्पुर्ण जनसंगठनका काम चुस्त दुरुस्त राख्न अधिवेशन नगरेका जनसंगठनको तत्काल अवधेशन सम्पन्न गर्न सांगठनिक आर्थिक लेखाजोखा सहित प्रत्येक संगठनका खाता संचलन गरि आफ्ना संगठनको कारोवारो पारदर्शि गर्न जनसंगठन प्रमुख लाई एमाले बाजुरा पार्टि अध्यक्ष लाल बहादुर ओलिले निर्देशन गर्नुभएको छ ।
राजनैतिक दल हरु भित्रको लोकतन्त्र लाई थप मजवुत बनाउन, जनताको सेवा लाई गुणस्तर गर्न, शुसासन कायम गर्न, युवा रोजगारि बढाउन, शासन ब्यवस्था लाई निस्पक्ष राख्न, साधन स्रोतको न्यायोचित वितरण गर्न, सरकारलाई सवाल उठाउने र दवाफ दिने अधिकार यहि लोकतन्त्रले प्रदान गरेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो नकि राजतन्त्र केहि राजावादि हरु सल्वलाएकाले लोकतन्त्रको रक्षाका लागि देशैभरि जनजागरण अभियान चैत्र १८ गते जिल्ला सदरमुकाममा हुने हुँदा सोहि जनजागरण अभियानमा सहभागि हुन लोकतन्त्रका पक्षधर एमाले आस्थावान शुभेच्छुक शुभचिन्तक तथा सम्पुर्ण जनसंगठनका प्रमुख हरुलाई बोलाई छलफल गरेको एमाले बाजुरा पार्टि सचिव काशि वि.क.ले जानकारि दिनुभएको छ ।






