• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

एमालेमा अब पहिरो जान्छ : भीम रावल (अन्तर्वार्ता) ‘ओलीले अब दमन गर्छन् भन्ने थाहा थियो, सदस्यतै सकिदेलान् भन्ने सोचेको थिइनँ’

  •  संवाददाता
  • २०८१ पुष ११, बिहीबार ११:४९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    एमालेमा पाँच दशक राजनीति गरेका डा. भीम रावललाई पार्टीले संगठित सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। बुधबार बसेको सचिवालय बैठकले पार्टी अनुशासन पालना नगरेको लगायत कारण देखाउँदै उनलाई निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    पार्टीमा विधि र प्रणाली बसाल्न आवाज उठाइरहेका उनीमाथिको कारबाहीले एमालेभित्र भने ठूलो हलचल मच्चाएको छ।

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका कतिपय व्यवहारबारे खरो विरोध जनाउने गरेका रावलले यो निष्कासनलाई कसरी लिएका छन यसै विषयमा उनीसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ ..

    एमालेले निष्कासन गर्‍यो, अब तपाईंको कदम के हुन्छरु
    पहिलो कुरा त, यो केपी ओलीको सत्ता र शक्तिको उन्मादयुक्त, निरङ्कुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो।

    लामो समयदेखि देशमा उठेका आवाजहरू, भ्रष्टाचार विरुद्धमा उठेका आवाजहरू, विधि, पद्धति र नेकपा एमालेका घोषित नीतिहरूका पक्षमा उठेका आवाजहरूलाई दमन गर्ने, आफ्नो मनपरी किसिमले पार्टीका विभिन्न स्तरका अधिवेशनमा हस्तक्षेप गर्ने, आफैँ अध्यक्ष भएर गुट, उपगुट खडा गर्ने जुन काम गर्दै आएका थिए, त्यसकै यो अभिव्यक्ति हो।

    यो निर्णयको कुनै पनि न्यायप्रेमी लोकतन्त्रको पक्षमा अधिकारको पक्षमा रहेकाहरूले विरोध गर्नेछन् भन्ने मलाई विश्वास छ।

    अब जहाँसम्म कसरी अगाडि बढ्ने भन्ने प्रश्न छ– म पाँच दशकदेखि निरन्तर देश र जनताको बृहत्तर पक्षमा राजनीति हुनुपर्छ भन्ने पक्षमा लागेको व्यक्ति हुँ। देशको सार्वभौमिकता, अखण्डता, समृद्धि र सुशासनको पक्षमा उभिँदै आएको हुँ। मेरो यो अडान कायम रहनेछ।

    अब यसमा अरु थप पाइला के हुन्छ भन्ने कुरा जनता, अरु बुद्धिजीवी, पार्टीका इमान्दार कार्यकर्ता, सदस्य, देशभक्तहरू र अहिलेको यो बेथिति, भ्रष्टाचार, केपी ओलीको जताजता पद पाइन्छ, त्यतै घाँटी जोड्ने र विकृतपूर्ण राजनीति अगाडि बढाउने जुन प्रवृत्ति छ, जुन व्यवहार छ, त्यसको विरुद्धमा कसरी जानुपर्छ भन्ने जुन समग्र स्थिति अगाडि आउँछ, तदनुकूल मैले पाइला चाल्छु।

    नयाँ पार्टी बनाउने वा कुनै पार्टीमा जाने योजना छ किरु एमालेमा त ढोका बन्द भयो होइनरु
    अब एमालेमा केपी ओलीबाट जेजस्तो गतिविधि भइरहेको छ, र अहिले जे निर्णय भयो, त्यसो भएको हुनाले म एमालेमा बस्छु भन्ने कुरा त अब रहेन।

    अब त्यसबाहेक देशको पक्षमा उभिने र राष्ट्रिय राजनीतिमा राष्ट्रको सर्वोपरी हितका पक्षमा के गर्नुपर्छ त्यो गरिरहने कुरा त गर्छु नै।

    अहिले कारबाही निर्णय हुनासाथ मैले तत्कालै के हुन्छ भनेर घोषणा गर्ने कुरा व्यावहारिक हुँदैन। अब म पहिलो कुरा त सत्यतथ्य के होरु जनताले कसरी बुझ्छन्, के गर्छन्रु त्यसलाई राम्ररी हेर्छु। अनि जनताका भावना हेर्छु। देशको अवस्था र राष्ट्रको आवश्यकता के होरु यो सम्पूर्ण मूल्यांकन गर्छु। इमान्दार मानिस, कार्यकर्ता, सदस्यहरूको के आकांक्षा छ तरु त्यो हेरेर म पाइला चाल्छु। अहिले तुरुन्तै यस्तै हुन्छ भनेर भन्न अलि हतारो हुन्छ।

    पाँच दशक राजनीति गरेको तपाईंलाई निष्कासित हुनुपर्ने अवस्था कसरी आयोरु
    उहाँहरूले कात्तिक ६ गते कथित स्पष्टीकरण पठाउनुभएको थियो। त्यो भनेको नागरिकको लोकतान्त्रिक अधिकार र यही एमालेको जबजलाई धज्जी उडाउने खालको थियो।

    त्यहाँ के भनिएको थियो भने अधिवेशनमा अध्यक्ष किन लडेको, सल्लाहकार हुन किन नमानेको, कार्यकर्तासँग किन भेट गरेकोरु हास्यास्पद थियो। त्यसको कुनै जवाफ दिनुपर्ने थिएन। त्यसको जवाफ दिनु भनेको त मैले यत्रो काम गरेको, त्याग, तपस्या गरेको कुरा खिल्ली उडाउनु थियो, त्यही भएर मैले स्पष्टीकरण दिएको छैन।

    तपाईंको स्पष्टीकरण नै चित्त बुझेन भनेर मेरो हकमा भनेको हो भने त्यो हास्यास्पद हो। यसको कुनै अर्थ छैन।

    जहाँसम्म केपी ओलीले यो कहिलेदेखि सुरु गरे भन्ने कुरा छ– उनले आरम्भदेखि नै गरे। केपी ओली भनेका एक नम्बर झुटबाज हुन्।

    अवसरवादी राजनीति उनले गर्दै आएको उनको पछिल्लो खेलबाट देखिन्छ। अर्को कुरा, खासगरी मप्रति शत्रुतापूर्ण व्यवहार दसौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएपछि भयो। त्यसबेला ओलीले नाटक मञ्चन गरेका थिए। त्यहाँ कुनै विधि थिएन, प्रणाली थिएन। पार्टीको कुनै मूल्य मान्यता थिएन। तैपनि मैले हजारौँ हजार कार्यकर्ता भएको पार्टी भएको हुनाले यसको विधि जोगाइदिएँ, पछिको पुस्तालाई काम लाग्छ कि भनेर। म धैर्यका साथ अगाडि बढेको थिएँ।

    त्यसपछि ओली प्रधानमन्त्री हुँदा उनका गतिविधिहरू, जहाँ जहाँ राष्ट्रियतामाथि आघात पर्थ्यो, जहाँ ला्ेकतन्त्रमाथि आघात पर्थ्यो, जहाँ संविधान मिचिन्थ्यो। जहाँ एमालेका घोषित नीतिमाथि प्रहार हुन्थे, यो नगरौँ भनेर जब मैले आवाज उठाएँ, यो कुरा उनलाई असह्य भएको थियोे र अहिले प्रधानमन्त्री र अध्यक्ष दुवै आफैँ भएको बेला शक्तिको उन्माद, म जेपनि गर्न सक्छु भन्ने अहं पनि भयो, यो सबैको सम्मिलित मिश्रित रुप यो कथित कारबाही हो।

    पछिल्लो समय पार्टीमा तपाईंको सम्बन्ध बिग्रँदै गएको थियो। यसबप्चमा कहिल्यै सोच्नु भएको थियो, यति लामो योगदान गरेको पार्टीबाट यसरी निस्कनु पर्ला भनेररु
    मैले संसारको इतिहास हेर्दा त कहिलेकाहीँ निरंकुशहरू तानाशाहहरू, भ्रष्ट र निहित स्वार्थले देशलाई नै सिध्याउने मान्छेहरू हेर्दा त यस्ता घटना घट्दै घट्दैनन् भन्न सकिँदैनथ्यो। तर जुन पार्टीमा मैले यतिका धेरै काम गरेँ, त्यो पार्टीमा त्यतिबेला जुन अभ्यास थियो। केपी ओलीले त माधव नेपाल महासचिव हुँदा, झलनाथ हुँदाखेरि छापा केन्द्रीय कमिटि बनाए। तर पनि पार्टीले केही पनि गरेन नि। केन्द्रीय कमिटिको बैठकमा एक घण्टा गफ गर्ने, आफ्नो कुरा सकिएपछि बैठक छाडेर हिँड्ने उनका ती गतिविधि त सबैलाई थाहा छ नि। तर पार्टीले त्यतिबेला उनलाई केही पनि गरेको थिएन।

    त्यसैले मैले देशका पक्षमा बोल्दा संविधानका पक्षमा बोल्दा, राष्ट्र हितका पक्षमा बोल्दा संविधानले दिएको दर्शनका आधारमा एउटा नीति र कार्यक्रमका आधारमा पार्टी चल्नुपर्छ सत्ताको लागि जस्तोसुकै विकृत, भ्रष्ट आचरण भएका मान्छेलाई अंगालो मार्नु हुन्न भन्ने कुराहरू गर्दा सदस्यता नै नसहने यो हदको कुरा पार्टीमा विकसित भइसकेको छ कि भन्ने यकिन गरेको थिइनँ। तर केपी ओलीका कतिपय गतिविधि र यो पार्टीमा जसरी मान्छेका विचारहरूलाई दबाउने सत्य तथ्यलाई दबाउने भ्रष्टहरू अनैतिकहरू यो पार्टीका विरुद्धमा गतिविधि गर्नेहरू, यो देशका विरुद्धमा गतिविधि गर्नेहरू, यो देशलाई टुक्र्याउँछु भन्नेहरूसँग उनले लामो समयदेखि जुन साँठगाँठ गर्दै आएका थिए, त्यो स्थितिमा देशभक्तहरू र सत्यकुरा बोल्नेहरूमाथि यिनले कुनै पनि बेला मौका परेपछि दमनचक्र चलाउलान् भन्ने त मेरो मनमा थियो।

    तपाईंसँग विगतमा नजिक रहेका थुप्रै सहकर्मीहरू पनि तपाईंलाई कारबाही गर्ने निर्णय गर्ने बैठकमा सहभागी थिए। उनीहरूले पनि किन तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्न हुन्न भन्न सकेनन्रु ओलीकै निर्णयमा किन सहमत भएरु
    त्यहाँ कसले के भने त्यो त मलाई थाहा छैन। यो निर्णय आउनेबित्तिकै देश विदेशबाट कयौँ फोनहरू आएर मलाई त्यहाँ के भयो भन्ने बुझ्ने समय नै भएन।

    तर केही लामो समयदेखि म के देखिरहेको छु भने केपी ओलीको जुन निरंकुश, स्वेच्छाचारी, तानाशाही प्रवृत्ति छ, व्यवहार छ, दम्भ छ, सत्ताको दुरुपयोग गर्ने, साधन स्रोतको दुरुपयोग गरेर पनि मान्छेलाई चुप लगाउने जुन प्रवृत्ति छ, त्यसबाट कतिपय मानिसहरू भयभीत भएका हुन सक्छन्। त्यस्तो वातावरण बनेर मानिसहरू कुरा देख्दादेख्दै पनि असन्तुष्ट हुँदाहुँदै पनि मन खुम्च्याएर बसेको मैले देखेको छु। त्यसको अभिव्यक्ति र प्रतिबिम्ब सचिवालयको छलफलमा कतिको पर्‍यो, त्यो त मलाई थाहा भएन।

    माधव नेपालले पार्टी छाड्ने बेलामा यहाँ पनि उहाँसँग नजिक हुनुहुन्थ्यो। त्यतिबेला पनि ओलीविरुद्ध बोलिरहनु भएको थियो। त्यतिबेलै माधव नेपालसँग नगएर गल्ती गरिएछ भनेर पछुतो त भएको छैनरु
    त्यतिबेला पनि पार्टीलाई बचाउनुपर्छ भनेर कार्यदल बनाउनुपर्छ भन्ने, दसबुँदे सहमति गर्ने। त्यसलाई केन्द्रीय कमिटिबाट स्थायी कमिटिबाट अनुमोदन गर्ने विष्णु पौडेल, ईश्वर पोखरेल मसहितको कार्यदल बनाएर हामीले प्रस्ताव पेस गरेर त्यसलाई समेत अपानीमा जारी गर्ने स्वयम् केपी ओली नै थिए। अब त्यसलाई कुल्चेर पछि मलाई सुदूरपश्चिम प्रदेश कमिटीको बैठकसमेत गर्न नदिने तिनै केपी ओली। यो राजनीतिक बेइमानी र षड्यन्त्रको पराकाष्ठा हो।

    त्यो १० बुँदे सहमति गर्नमा माधव नेपाल पनि हुनुहुन्थ्यो। त्यसो भएको हुनाले दुई नेताले आफैँले कार्यदल बनाउने, आफैँ १० बुँदे सहमति गराउने, अब आफैँ कार्यान्वयन गर्दिनँ भन्ने अनि हामीलाई सही गराउने।

    त्यो भएको हुनाले यस्तो अवस्थामा पार्टी छोडेर जानु हुँदैन भनेर, पार्टीलाई बचाऊँ, भोलि साँच्चै कोही मान्छे इमान्दार छ, साँच्चै समाजवाद ल्याउन चाहन्छ, साँच्चै बाह्य हस्तक्षेपबाट मुक्त गर्न चाहन्छ भने उनीहरू महसुस गर्लान् नि। त्यस्तो लागेर म कतै पनि नगएर पार्टीको पक्षमा उभिएको हुँ।

    तर, मैले त्यतिबेला साथीहरूलाई बालकोट लगेर यो पार्टीलाई जोगाउनका लागि जुन ठूलो योगदान गरेँ, त्यो योगदानलाई केपी ओलीले दुरुपयोग गरेर त्यसलाई षड्यन्त्रमूलक किसिमले सत्ताको खेलमा परिणत गर्ने काम अहिले गरेको देखियो।

    अब एउटा इमान्दार मान्छेले यति हदसम्म देशको एउटा नेता उभिन्छ भनेर सामान्य सोच्दा पनि सोच्दैन।

    अरु दुईजना नेतालाई पनि कारबाही भएको छ। अब एमालेमा पार्टी नेतृत्वका गलत निर्णयविरुद्ध बोल्ने सबैको हालत यस्तै हुने त होइनरु
    यो अन्यथा हुने कुरै होइन। यसले त त्यस्तो सन्देश दिन्छ दिन्छ। किनभने सबै दुनियाँलाई थाहा छ मैले संविधानमा भएका देशको हितका प्रावधानहरू, नेकपा एमालेको राष्ट्र, जनताप्रतिको नीति र यसका घोषित उद्देश्य र लक्ष्य, कम्युनिस्ट पार्टीले २००६ सालदेखि भन्दै आएका राष्ट्रिय स्वाधीनताका कुराहरू, भ्रष्टाचार, अनाचार, अनैतिक क्रियाकलाप, बिचौलिया दलालहरूले राष्ट्र र जनताविरुद्ध गरेका क्रियाकलापका सम्बन्धमा मैले बोल्दै आएको हुँ।

    अब त्यो नसहेर पार्टी सदस्यबाट निकाल्नेरु जस्तै विन्दा पाण्डे र उषा तिम्सेनाले बैंकमा धितो रहेको जग्गा, जुन मीनबहादुर गुरुङजी आफैँ मुद्दा मामिलामा हुनुहुन्छ, त्यस्तो अवस्थामा यो जग्गा लिने निर्णय राम्रो भएन। नेकपा एमाले जस्तो पार्टीले यस्तो नगरे हुन्थ्यो भन्नासाथ उहाँहरूलाई पनि त ६ महिनाको लागि निलम्बन गरेर कारबाही गरेको छ।

    यो पार्टीमा अब सत्य, न्याय, सदाचार, सुशासन, देशभक्ति, स्वाधीनता, जनताको बहुदलीय जनवादले अख्तियार गरेको चुन्ने र चुनिन पाउने अधिकार हुँदैन भनेदेखि स्वतः नेकपा ९एमाले० मा पहिरो जान्छ। इमान्दार मान्छेहरू अब एउटा देशभक्तिपूर्ण अभियान सञ्चालन गरियो भने त्यतातिर लाग्छन् भन्नेमा म विश्वस्त छु। नेपाल खबर बाट साभार….

    Post Views: 574
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    1
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    1
    • #sudurnews24
    • bhimrawal
    प्रकाशित मिति: २०८१ पुष ११, बिहीबार ११:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.