प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तरगत पर्ने पुनानगर समितिको आयोजना ८औं एसियन गोजुरियो कराँते च्याम्पियनसीप 2024 मा सहभागी नेपाली खेलाडीलाई सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।
पुनानगर समिति का अध्यक्ष रोहित लोहार को अध्यक्षता मा नगर सचिब दिनेश ओड को संचालन मा संघ का केन्द्रिय सदस्य मुकेश कुँवर ज्यु को प्रमुख आतिथ्य मा पुनानगर समितिको कार्यालय सोन्यामारुती चौक मा सम्पन्न भएको हो।


कार्यक्रम मा बिशिस्ट अतिथी संघ कि केन्द्रिय सदस्य भोजकुमारी कार्की,अतिथि मा माहाराष्ट्र राज्य समिति खेलकुद बिभाग प्रमुख प्रमोद शाही,राज्य समिति सदस्य टिकाराम बिश्वकर्मा,पुनानगर समिति खेलकुद बिभाग प्रमुख डम्मर बाब्ली र नगर समिति उप-सचिब रंजीत ओड रहनु भएको थियो।
यहि मिति २०८१ जेठ २५ देखि २७ गतेसम्म (जुन ७ तारिक देखि ९ तारिक) भारतको महाराष्ट्र पुनेमा आयोजना भएको ८ औं एसियन गोजुरियो कराँते च्याम्पियनसिप २०२४ मा नेपालको तर्फबाट सहभागी कर्णाली प्रदेशका तीन जना खेलाडीहरु प्रकाश खड्का, प्रेमसिङ तिरुवा र समिर खत्री सहभागी भएर २ स्वर्ण १ रजत पदक जित्न सफल भएका थिए ।

बिजेता खेलाडीहरुलाइ प्रवासी नेपाली संघ भारत र पुनानगर समितिको तर्फबाट हार्दिक बधाई तथा उज्वल भबिष्यको कामना ब्यक्त गर्दछौ।
बिजयी खेलाडीहरुमा समीर खत्री सिनियर +८४ केजी तौल समुह कुमिते बिधामा ( १ स्वर्ण पदक )
प्रकाश खड्का सिनियर -८४केजी तौल समुह कुमिते बिधामा ( १ रजत पदक )
भेतरानस् U- ४० उमेर समुहमा प्रेम सिंह तिरुवा ( १ स्वर्ण पदक ) जित्न सफल भएका हुन।
पुनः बिजयी सम्पुर्ण खेलाडीहरुलाइ हार्दिक बधाई तथा आउने दिनमा पनि थप सफलताको शुभकामना ।
प्रवासी नेपाली संघ भारत,
पुनानगर समिति






