सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि नै हत्या गरिएको दाबीसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेको हो।

आरोपीहरुलाई आजन्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको छ। पक्राउ परेकाहरू १८ वर्षभन्दा कम उमेरका भएकाले नाम गोप्य नै राखिएको छ। सबै आरोपीहरु घटनास्थलमा देखिएको, घटनास्थलबाट एउटा प्रयोग गरिएको र तीन वटा प्रयोग नगरिएको कण्डम भेटिएको तथा उद्धार गरिएको भन्ने नदेखिएको र मृतक परिवारको किटानी जाहेरीका अधारमा चारै जनालाई समान कसुरदारका रुपमा अभियोजन गरिएको छ।
गत २३ फागुनमा वीरेन्द्रनगर ४ स्थित जनजागरण सामुदायिक वनमा इनिसा अचेत अवस्थामा फेला परेकी थिइन्। पछि उनको मृत्यु भयो। प्रहरीले लगत्तै चार युवकलाई पक्राउ गरेको थियो। पक्राउमध्ये एक युवकले सुरुमा उनलाई जंगलमा लगेर बलात्कार गरी हत्या गरेको दाबी गरिएको छ।
आरोपी युवकले भने इनिशासँग आफु प्रेम सम्बन्धमा रहेको र सहमतिमै शारिरीक सम्बन्ध राख्ने क्रममा अत्याधिक रगत बगेर उनी बेहोस भएको बयान दिएका छन्। इनिशा बेहोस भएपछि अरुलाई सहयोग गर्न आफुले बोलाएको उनको बयानमा उल्लेख छ। तर, उद्धार गरिएको भन्ने आधार नदेखिएको अभियोगपत्रमा उल्लेख छ।






