बाजुराको हिमाली गाउँ पालिकामा पुस १० गते देखि पालिका स्तरीय चौथो अध्यक्ष कप तथा पाँचौ पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित बृहत रुपमा धुलाचौर स्थित भवानी मा. वि. मा कार्यक्रमको उद्घाटन भएको छ ।


विभिन्न बिधाका खेल प्रशिक्षक सहित ८ वटा बिधालयका शिक्षक, खेलाडी बिद्यार्थी हरुको बाक्लो उपस्थिति रहेको देखिन्छ । बलियो सुरक्षा सहित खेलाडी हरुका लागि हेल्थ डेस्कको ब्यबस्था गरिएको छ । उद्घाटनमा बिद्यार्थी हरुले स्थानीय मौलिक नित्य प्रस्तुति राख्दै कार्यक्रम अगाडि बढाएको छ ।

प्रतियोगितामा स्थानियले मौलिक पहिरन सहित बाजा गाजाका साथ भब्य तरिकाले लोभलाग्दो गरि कार्यक्रमको उद्घाटन गरेको छ । चौथो अध्यक्ष कप तथा पाँचौ राषट्रपती पालिका स्तरीय रनिङ सिल्डको अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले गरेका छन ।

अथिती हरु हिमाली गापा उपाध्यक्ष राजकला सार्की, नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, सामाजिक बिकास समिती संयोजक एवं वडा नं. १ अध्यक्ष जोख्या भण्डारी, गा.पा . प्रवक्ता तथा वडा नं. ४ अध्यक्ष भिमानन्द पाण्डे, वडा नं. २ अध्यक्ष रण बहादुर बुढा, वडा नं. ३ अध्यक्ष मंगल बहादुर बुढा, वडा नं. ५ अध्यक्ष प्रदिप थापा, वडा नं. ६ अध्यक्ष प्रेम लाल भण्डारी र वडा नं. ७ अध्यक्ष तपेन्द्र कुमार शाहि लगायत कार्यपालिका सदस्य निवर्तमान पालिका उपाध्यक्ष, वडा अध्यक्ष विभिन्न राजनीति दलका प्रमुख एवं प्रतिनिधि हरुको उत्साहजनक सहभागिता रहेको छ ।

उद्घाटन सत्रमा रघुनाथ अवस्थिले स्वागत मन्तव्य राखेका छन कार्यक्रम संचालन भवानी मा.वि. का प्रधानाध्यापक धर्मराज पाण्डेले गरेका छन । १० गते बाट संचालन गरिएको उक्त कार्यक्रम ३ दिन सम्म चल्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिएका छन ।







