• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

अख्तियारमा बिना नाम ठेगाना ‘बेनामी’ उजुरी पठाउन मिल्ने व्यवस्था यथावत

  •  संवाददाता
  • २०८१ पुष २, मंगलवार १७:०० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो नाम र ठेगाना उल्लेख नगरी उजुरी दर्ता गराउन पाउने व्यवस्था यथावत रहने भएको छ ।

    प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयकमा अख्तियारमा दर्ता हुन जाने उजुरीकर्ताका नाम र ठेगाना उल्लेख नभएका उजुरी पनि दर्ता हुन पाउने व्यवस्थालाई संशोधन नगर्ने सहमति जुटेको हो ।

    राज्यव्यवस्था तथा सुशासन समितिले विधेयकका विवादित विषयमा सहमति जुटाउन गठन गरेको कांग्रेस सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बेनामे उजुरीको वर्तमान व्यवस्था हटाउन भनी विधेयकमा दर्ता भएका संशोधन प्रस्तावमाथि निर्णय गर्न नहुने निर्णय लिएको हो ।

    अख्तियारमा पर्ने ‘बेनामी’ उजुरीको प्रावधान नै हटाउनुपर्ने संशोधन कांग्रेसका तीन सांसदले राखेका थिए । हाल ऊर्जाराज्यमन्त्री रहेका पूर्णबहादुर तामाङ, रमा कोइराला र सुनीलकुमार शर्माले अख्तियारमा बेनामी उजुरी दर्ता गर्न नहुने कानुनी व्यवस्था गर्नुपर्ने भन्दै विधेयकमा संशोधन राखेका थिए ।

    तामाङ र कोइरालाले अख्तियारमा उजुरी वा निवेदन दर्ता गर्दा उजुरीकर्ताले नागरिकताको प्रति १ डिजिटल वा फोटोकपी ० पेस गर्नुपर्ने व्यवस्था राख्नका लागि संशोधन प्रस्ताव राखेका थिए । उपसमितिका संयोजक थानीले प्रतिनिधिसभा नियमावलीमा सरकारले संशोधनका लागि खुला नगरेको दफामा संशोधन राख्न नपाउने व्यवस्था रहेकाले बेनामी उजुरीका सम्बन्धमा परेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत नगरिएको बताए । उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक मंगलबार पारित गरेर प्रतिवेदन बुधबार बस्ने समितिको पूर्ण बैठकमा पेस गर्ने तयारी भएको थानीले जानकारी दिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक पाँच वर्षदेखि संसद्मा विचाराधीन छ । सरकारले २०७६ माघमा उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो । राष्ट्रिय सभाले २०७९ चैतमा पारित गरेर उक्त विधेयकलाई प्रतिनिधिसभामा पठाएको हो ।

    Post Views: 579
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • #annapurnadainik
    • #annapurnapost
    • #kantipur
    • #nagariknews
    • #news24
    • #sudurpashim
    प्रकाशित मिति: २०८१ पुष २, मंगलवार १७:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.