• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बडिमालिका ६ कोर्धमा टेलिफोन टावर निर्माणपछी संचालनमा 4G फिलिलि…

  •  संवाददाता
  • २०८१ पुष २, मंगलवार १६:१० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा– बाजुराकाे बडिमालिका नगरपालिका– ६ को काेर्ध गाउँ सञ्चार सेवासंग जोडिएको छ । वर्षौं अघि सम्झौता भएको टावर निर्माणको कामले पूर्णता पाएपछि टेलिकमको सहमतिमा काम गर्दा दुरदराजको गाउँ सहज रुपमा सञ्चार सेवासंग जोडिएको हो । बडिमालिका नगरपालिका ६ का अध्यक्ष कृष्ण खड्का प्रयासपछि काेर्ध गाउँमा फाेन नेटवर्क स‌ग जाेडीएकाे  छ ।

    नेपाल टेलिकमको मोवाईल टावरको निर्माण र जडान कार्य सम्पन्न भएपछि गाउँ सञ्चार सेवासँग जोडिएको बडिमालिका ६ का वडाअध्यक्ष कृष्ण खड्काले बताए  ।  निर्माण कम्पनीले टावर निर्माण कार्य सम्पन्न गर्दा सेवाग्राही सञ्चारको पहुँचमा जोडिएको उनले बताएका छन्। सदरमुकामबाट ४/५ घण्टा पैदल दुरीमा रहेकाे काेर्धमा पहिलो पटक नेपाल टेलिकमको मोवाइल टावर जडान गरेपछि काेर्ध गाउँका स्थानियले खुसी ब्यक्त गरेका छन  ।

    सदरमुकाम संगै जोडिएको काेर्धमा यसअघि बडिमालिका कै वडा नम्बर १  सल्यानाकाे टावरले फोन भएपनि राम्रो नचल्दा सम्पर्कबाट बाहिर थियो । बडिमालिका नगरपालिकाले बर्षाै देखि नेपाल टेलिकमसँगको  सहयाेग माग्दा  टावर निर्माणका लागि पहल गरेता पनि नेपाल टेलिकमले ध्यान दिएकाे थिएन् । नगरपालिका  २०७४ सालका जनप्रतिनिधिकाे कार्याकालमा टावर निरर्माणका लागि नाफि भएपनि पाँच बर्ष पुगिसक्दा पनि नेपाल टेलिकमले टावर निर्माणमा वास्ता गरेकाे थिएन् ।
    २०७९ काे निर्वाचित जनप्रतिनिधिकाे पहिलाे  एजेण्डा टावर निमार्णमा प्राथमिकता दिने थियाे ,वडाबाट निवेदन तथा नेपाल टेलिकममै गएर ताला बन्दि ज्ञापनपत्र बुझाउँदा पनि टेलिकमकाे ध्यान गएन् टेलिकमका कर्मचारीले बाहाना बाजि गर्ने कहिले हाकिम छैन् कहिले बर्षायाम सुरु भयाे बाटाे अबरुद्ध भएर सामान ढुवानीमा समस्या भयाे भनेर बडा बासि र जनप्रतिनिधिकाे जिज्ञासालाई टार्दै आएकाे थियाे ।

    नगरपालिका वडा र नेपाल टेलिकमकाे सहकार्यमा पहिलो पटक मोवाइल टावर जडान गरेपछि वडा नम्बर ६ को काेर्धकाे क्षेत्र पर्ने बागे डाँडामा सञ्चार सञ्जालमा जोडिएको स्थानियले बताए । गाउँमा फाेन नलाग्दा डाँडा पाखा धाउन पर्थ्याे तर अहिले मोवाइल टावर सूचारु भएपछि धेरै कामका लागि सहज भएको छ । वडा अध्यक्ष कृष्ण खड्काले अहिलेसम्म फोनसम्म चलाउन नपाएका काेर्धका स्थानीय नागरीकहरुले देश विदेशमा रहेका आफ्ना आफन्त , साथीभाई सहित घर परिवारसँग कुराकानी गर्न पाउँदा आफ्ना नागरीकहरु खुसी भएको बताएका  छन्।

    टावर जडान भएर सञ्चालनमा आएसंगै फोरजी सेवा समेत सुचारु भएको छ । यसअघि वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा पनि नेटवर्क बिना काम गर्न असहज थियाे । अहिले नेटवर्किङ तथा माेबाईल टावर जडान गरेर सहज हुने भएकाे छ । पहिले गाउँमा ईन्टरनेट सेवाका लागि स्थानीयहरु राती अबेरसम्म चौर डाँडामा बस्ने गरेका थिए  ।

    Post Views: 558
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • #annapurnapost
    • #badimalika #bajura #breakingnews
    • #himalayantimes
    • #kantipur
    • #ratopati
    • #sudurnews24
    प्रकाशित मिति: २०८१ पुष २, मंगलवार १६:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.