• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

राजनीतिक अस्थिरताले देश बनेन् ; एमाले महासचिव पोखरेल

  •  संवाददाता
  • २०८१ चैत्र ३०, शनिबार ०६:३४ प्रकाशित
    Advertisement
    1280,720,0,0.45,-1
    • अ-
    • अ
    • अ+

    कृष्ण ओली /धनगढी :नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता नै विकासको बाधक बनेको बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले चीन र भारतको उदारण दिदै विकास राजनीतिक स्थायीत्व विना संभव नहुने बताए ।
    लोकतन्त्र स्थापना भएपछि मुलुकमा थुप्रै विकास, निर्माण र परिवर्तन भएको बताउँदै उनले तथ्यमा रहेर बहस गर्न विरोधीलाई आग्रह गरे ।
    शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक पूर्वाधार तथा मानव विकासको लामै तथ्यांक प्रस्तुत गरेको पोखरेलले  राजनीतिक स्थायित्व अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।
    ‘छिमेकी मुलक चिन र भारतमा तीन÷तीन कार्यकाल एकै व्यक्ति नेतृत्व गरिरहेको उदाहरण छ । तर हामीकहाँ त्यही अवधीमा कति प्रधानमन्त्री फेरिए, कति जना मन्त्री बने, मुख्यमन्त्री कति फेरिए रु कुुनै हिसाब छैन,’ पोखरेलले भने, ‘यो सबै राजनीतिक अस्थिरताको कारण हो । राजनीतिक स्थायित्वको खोजी अहिलेको मुख्य आवश्यकता हो । दुरदर्शी नेतृत्व, बलियो राजनीतिक पार्टी र राजनीतिक रणनीतिले स्थायित्व दिन सकिन्छ ।’
    उनले सामाजिक सञ्जाल आक्रोश पोखेर केही उपलब्धी हासिल नहुने भएकोले युवाहरुलाई सिर्जनशिल हुन आग्रह गरे ।
    अस्थिरताले विकास हिंसा र आतंक सिर्जना गरेर मुलुकलाई भड्कालोमा जाख्न सकिन्छ भन्ने कुरा असम्भव भएको बताएका छन् ।
    जनतालाई भड्काएर हिंसा र आतंक सिर्जना गरि देशलाई भड्कालोमा जाख्ने कुरा सम्भव नभएको बताएका हुन् ।
    उनले देशलाई पछाडि धकेल्ने गरि पूर्व राजाका नाममा भइरहेका गतिविधीको कुनै अर्थ नभएको पनि बताए ।
    १५ चैतमा काठमाडौँको तीनकुुनेमा पूर्व राजाले जनकमान्डर बनाएर उत्पात मचाउने योजनाका योजनाकार दुर्गा प्रसाईँलाई पक्राउ गरेर प्रहरीले कानुनुको कठघरामा उभ्याउने प्रक्रिया थालेको बताउँदै हिंसात्मक गतिविधीको प्रतिकार गर्न आह्वान समेत गरेका छन् ।
    ‘पूर्व राजाले कमान्डर बनाएर समाजमा आतंक सिर्जना गर्न उत्पात मच्चाउने, लुटपाट गर्ने र आगजनी गर्न योजना बनाउने योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले खोजी गरेर फिर्ता ल्याएको छ । हत्कडी लगाएको छ,’ पोखरेलले भने, ‘कानुुनको कठघरामा उभ्याउने प्रक्रिउया सुरु भएको छ ।  जनतालाई भडकाएर हिंसा र आतंक सिर्जना गरेर भड्कालोमा जाख्न सकिन्छ ठानेको छ भने सम्भव छैन ।’
    मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुुपर्ने उनको भनाई थियो । अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएको बताउँदै पोखरेलले त्यसैमाथि छलफल गरेर विजयी हासिल गर्नुपर्ने उल्लेख गरे । अहिले सामाजिक सञ्जालमा अराजकता फैलाउने काम भइरहेकाले इमानदारहरुले अगाडि आएर लोकतन्त्रको पक्षमा खबरदारी गर्नुपर्ने बताए ।
    मुलुकमा राजनीतिक स्थायित्व गर्ने समाथ्र्य नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएकाले मिसन ८४ ले एकल बहुमतको सरकार बनाउने सामाथ्र्य निर्माण गर्ने उल्लेख गरे । विशेष सभालाई सम्बोधन गरेका पार्टीका अन्य नेताहरुले समेत इतिहास भइसकेको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका थिए ।
    विशेष सभालाई पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सचिव लेखराज भट्ट, स्थायी कमिटी कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नादरमुनी राना, निरुदेवी पाल, शान्ता चौधरी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    Post Views: 333
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिबार ०६:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.