• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

जनप्रकाश मा.वि.कोल्टिमा ६५औं वार्षिकोत्सव सम्पन्न…..

  •  संवाददाता
  • २०८१ माघ २०, आईतवार २३:०७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा   जिल्लाको बुढीनन्दा नगरपालिका(२ स्थित जन प्रकाश माध्यमिक विद्यालयले आफ्नो २८औँ अभिभावक दिवस तथा ६५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विशेष कार्यक्रमको आयोजना गर्दै अभिभावक, विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितासहित उक्त उत्सव मनाएको हो।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख जनक कुमार बोहोरा प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, पूर्व राष्ट्रिय विकास स्वयंसेवक उत्तम प्रसाद उपाध्याय, वडा अध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक, समाजसेवी, अभिभावक तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


    कार्यक्रमका क्रममा प्रधानाध्यापक अनोजराज गिरिले विद्यालयको प्रगति, चुनौती तथा आगामी योजनाहरूबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अवकाश हुन चार दिन मात्र बाँकी रहेको अवसरमा उहाँले विद्यालयलाई विभिन्न तरिकाले योगदान पुर्‍याउने सबै दाताहरू, सहयोगी संस्थाहरू तथा अभिभावकहरूप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयको भौतिक तथा शैक्षिक विकासमा बुढीनन्दा नगरपालिकासहित भारत सरकार, सुदूरपश्चिम प्रदेश सरकार, आइडियस, पिसबिन, सेतो गुराँस लगायतका संस्थाहरूको महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो।


    ूगुणस्तरीय शिक्षाका लागि विगत, वर्तमानको समीक्षा तथा भावी योजना भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका शैक्षिक तथा भौतिक पूर्वाधारको विकासबारे छलफल गरियो। प्रधानाध्यापक गिरिले ६५ वर्षको यात्रा समीक्षा गर्दै हाल विद्यालयमा १,०८२ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । अत्याधिक मोबाइल प्रयोगका कारण अपेक्षित शैक्षिक सुधार हासिल गर्न चुनौती रहेको बताउनुभयो ।

    Post Views: 343
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ माघ २०, आईतवार २३:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.