• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुरा बडिमालिकामा ३ दिनमा ५० जनाको हेलिटुर..

  •  संवाददाता
  • २०८१ माघ १६, बुधबार ०९:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा : सुदूरपहाडका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ।

     

    डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्कासहितको समूहले चौथो पटक बडीमालिका, खप्तड र रामारोशनसम्म हेलिकोप्टरमार्फत भ्रमणको सुविधा दिएका हुन्।

    अछामको साँफेबाट उनीहरूले तीन दिनमा ५० जनालाई बडीमालिका लगेका छन्। माघको महिना भएकाले बडीमालिका दर्शन गर्ने वृद्ध/वृद्धाहरूको सङ्ख्या धेरै रहेको छ। पर्यटन व्यवसायी दीपकबहादुर खण्डकाले ५० जना बडीमालिका र पाँच जा खप्तड पुगेका बताए। उनले भने, ‘बडीमालिका ५० जना लगेका छौ। रामारोशन माथिबाट हेरेर फर्किदैछौ। पर्यटक आयो भने, हामीहरू लैजान्छौ।’

    बडीमालिका, खप्तड र रामारोशनका लागि हेलिटुरको सुविधा छ। माघ ११ गतेबाट सुरु भएको हेलिटुरमा ५० जनाले बडीमालिकाको दर्शन गरेका छन्। माघको महिना भएकाले बडीमालिकाको दर्शन गर्नेहरूको सङ्ख्या धेरै छ। खप्तडमा हिउँ छैन। हिउँ नभएकाले पर्यटकहरू पैदलबाट खप्तड जाँदैछन्। रामारोशनसम्म सडक पुगेको छ। सडक पुगेकाले आकाशबाट रामारोशन हेरेर हेलिकोप्टर फर्किने गरेको छ। खड्काले भने, ‘माघको महिना हो। बडीमालिका गैरहेका छन्। खप्तडमा हिउँ छैन। हिडेर पनि जाँदैछन्।’

    खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सको व्यवस्थापन तथा साँफेबगर महोत्सव २०८१ को अवसरमा लायन्स क्लव अफ साँफेवगरको आयोनामा फागुन ११ देखि पर्यटकहरूको माग अनुसार हेलिटुर सञ्चालन गरिएको हो। विगतका वर्षहरू जस्तै यस वर्ष पनि हिउँदे सिजनमा पर्यटक भित्र्याउन हेलिटुर सुरु गरिएको हो। हिमपात भएको समयमा पर्यटकको आवागमन शून्य जस्तै हुने भएकाले खप्तड बडीमालिका क्षेत्रमा पर्यटकको चहलपहल बढाउन हेलिटुर सुरु गरिएको छ। खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले सुदूरपश्चिम प्रदेशमा स्थायी रहने गरेर हेलिकोप्टर आवश्यक रहेको बताए। उनले भने, ‘काठमाडौँबाट हेलिकोप्टर ल्याउने खर्च बढी छ। यतै एक हेलिकोप्टर भएको भए हुन्थ्यो। माघको महिना छ। बडीमालिका बुढा पाकाहरू जाँदैछन्। २ सय जनालाई हेलिकोप्टरमा यात्रा गराउने लक्ष्य छ।’

    साँफेबगरबाट खप्तड प्रतिव्यक्ति २२ हजार र बडीमालिका र रामारोशनमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिन्छ।

    Post Views: 390
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ माघ १६, बुधबार ०९:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.