बाजुराको स्वामिकार्तिक खापर गाउँ पालिकामा पुस २५ गते देखि तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित बृहत रुपमा वाई स्थित स्वामिकार्तिक मा. वि. मा कार्यक्रमको उद्घाटन गरिएको छ ।


स्थानीय मौलिक नित्य प्रस्तुति राख्दै कार्यक्रम आकर्षक र लोभलाग्दो गरि तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु गरिएको छ । कार्यक्रमको अध्यक्षता बिधालय ब्यबस्थापन समिति अध्यक्ष धर्मशिह धामीले गरेका छन प्रमुख अथिती स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले गरेका छन । उक्त कार्यक्रमको बिशिस्ट अतिथि गाउँ पालिका नव निर्वाचित उपाध्यक्ष सुलोचना भण्डारी बुढा र निवर्तमान गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहिले गरेका छन ।

विभिन्न बिधाका खेल प्रशिक्षक सहित ६ वटा बिधालयका शिक्षक, खेलाडी बिद्यार्थी हरुको बाक्लो उपस्थिति रहेको छ । बलियो सुरक्षा सहित खेलाडी हरुका लागि हेल्थ डेस्कको ब्यबस्था गरिएको छ । कार्यक्रमको उद्घाटनमा बिद्यार्थी हरुले मार्चपास सहित प्रमुख अथिती लाई सलामी दिदै भब्य तरिकाले उद्घाटन गरिएको छ । उत्कृष्ट मार्चपास गर्ने बिधालय लाई पुरस्कारको ब्याबस्था गरिएको छ मार्चपास छनोट गर्ने जिम्मेवारी अस्थाई प्रहरी पोस्ट स्विजिउलाका प्रहरी प्रमुखहरूलाई दिएको छ ।

बिधालयका प्रशिक्षक नहकुल जोशीले संचालन गरेको कार्यक्रममा स्थानीय मौलिक नित्य प्रस्तुति राख्दै कार्यक्रम आकर्षक र लोभलाग्दो गरि तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु गरिएको हो । उद्घाटन सत्रमा अतिथिहरु वडा नम्बर १ अध्यक्ष अजय ब बि क, वडा नं. २ अध्यक्ष बिष्णु ब बुढा, वडा नं. ३ अध्यक्ष प्रेम कट्टेल वडा नं. ४ अध्यक्ष शिह धमी, वडा नं.५ अध्यक्ष अमर बहादुर शिह र कार्यपालिका सदस्य कमला नाथ र पुर्ण बहादुर कैला रहेका छन । यस्तै अतिथि हरु गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकाया लेखा अधिकृत कुबेर शाही, खम्बिर बुढा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक बहादुर शाही नेपाली कांग्रेस महादिवेसन प्रतिनिधि कमल बुढा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य सन्जय कट्टेल लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि विभिन्न बिधालयका प्रधानाध्यापक, बि.ब्या.स. अध्यक्ष, शि. अ. संघ, बुद्धिजीवी, युवा तथा तमाम बिद्यार्थी खेलप्रेमी हरुको बाक्लो उत्साहजनक उपस्थिति रहेको छ ।










