• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

‘सेफ बन्न चाहन्थें, टिकटकले कलाकारिताको बाटो देखाइदियो’

  •  संवाददाता
  • २०८० असार १७, आईतवार ०८:४९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं । टिकटक नहुँदो हो त डडेलधुराकी पवित्रा साकी मिस पविको रुपमा देश-विदेशमा चर्चित हुन्थिन् होला ? यो सायदै सम्भव हुन्थ्यो होला । किनकि दूरदराजको एउटा गाउँमा सामान्य दिनचर्याका साथमा कलेज पढ्दै गरेकी युवतीले ठूलो सपना देखेकै थिइनन् ।

    सपना त देखेकी थिइन्, सेफ बनेर मीठामीठा परिकार खुवाउने । मोडल वा कलाकार बनेर देश विदेशमा चर्चित हुने चाहिं मनको अन्तरकुन्तरमा थिएन रे पवित्रा अर्थात् पविको ।

    ‘नाचगानमा त रुचि थियो, गाउँमै केही देउडा गीतमा अभिनय पनि गरेको थिएँ,’ मिस पविले भनिन्, ‘तर यसैलाई पेशा बनाउँछु भन्ने चाहिं सोचेकै थिइनँ । खासमा बुबा सेफ हुनु भएकाले म पनि सेफ बन्न चाहन्थें ।’

    तर उनको सपनाको बाटो मोडिदियो लकडाउन अनि टिकटकले । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नेपाल पनि त्यसबाट पर हुने कुरा भएन । नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन लागू गर्‍यो ।

    लकडाउनले मानिसको दैनिक जीवन नै अस्तव्यस्त बनाइदियो । यहीबेला सामाजिक सञ्जाल टिकटकले भने फैलिने मौका पायो । टिकटकमा छोटो भिडियो बनाएर हाल्नेहरु बढे । यसै भीडमा सामेल भइन् डडेलधुराको अमरगढी नगरपालिकाकी पवि पनि । उनले पनि टिकटक अकाउन्ट खोलिन्, अनि अपलोड गर्न थालिन् भिडियोहरु ।

    ‘पहिले त खासै भ्युज जाँदैनथ्यो, कस्तो रिस उठ्थ्यो । अरुको त फोटोमा पनि धेरै लाइक आउँछ त हाम्रो त भिडियोमा पनि आउँदैन भन्ने लाग्थ्यो,’ बहिनी र उनी मिलेर भन्ने यसो गरेकोबारे पवि सुनाउँछिन्, ‘एक दिन मेलामा जाँदा सुदूरपश्चिमको डोटेली भाषामा भिडियो हालेको सबैले मन पराउनुभयो । त्यसपछि सबैले मिस पवि भनेर चिन्न थाल्नुभयो ।’

    मिस पवि अहिले त चलेकी मोडल भइसकेकी छन् । उनले धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छन् । सुनिल गिरीको ‘जुम्ला’, हिमाल सागर र अनु चौधरीको ‘आहा कति राम्री’ उनले अभिनय गरेकामध्ये रुचाइएका गीत हुन् । ‘ठ्याक्कै काउन्ट त गरेको छैन, १५-१६ वटा भिडियो गरें होला, अहिले पनि थुप्रै अफर आइरहेको छ,’ मिस पवि भन्छिन् ।

    Post Views: 577
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८० असार १७, आईतवार ०८:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.