• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #annapurnapost #breakingnews #sudurnews24 #kantipur #news24 #ratopati
Advertisement

सर्वोच्चमा दलीय भागबण्डा न्यायाधीशमा सिफारिसस् एमाले र कांग्रेस परे, माओवादीको कोटा बाँकी..

  •  संवाददाता
  • २०८१ पुष २, मंगलवार २२:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं– न्याय परिषद्ले अन्ततस् लामो समयपछि सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नााम सिफारिस गरेको छ। सोमबारदेखि निरन्तर बसेको परिषदको बैठकले विवादकैबीचका नाम टुंग्याएको हो।

    प्रधानन्यायाधीश विश्वभर श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले राजनीतिक भागबण्डा मिलाउँदै न्यायाधीश सिफारिस गरेको हो। सिफारिस पर्नेमा नेपाली कांग्रेसको कोटा र एमाले कोटाबाट दुई जना कानुन व्यवसायी अटाएका छन्।

    वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल नेपाली कांग्रेस निकट हुन् भने बालकृष्ण ढकाल एमाले निकट हुन्। पोखरेल नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका तर्फबाट नेपाल बारको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। ढकाल एमाले निकट प्रगतीशिल कानुन व्यवसायीको सदस्य हुन्। दुवै जना गत वर्ष वरिष्ठ अधिवक्ता भएका थिए।

    पोखरेल अब्बल कानुन व्यवसायीको रुपमा चर्चित छन्। संवैधानिक कानुन र फौजदारी कानुन दुवैमा दख्खल राख्ने पोखरेल व्यवसाय राम्रै चलेका कानुन व्यवसायी हुन्। परिषद्ले भागबण्डा गर्दा माओवादीको कोटा भने रिक्त हुन पुगेको छ।

    माओवादीका तर्फबाट महान्यायाधीवक्ता दिनमणि पोखरेल, डिएन पराजुलीसहित अन्यको नाम चर्चामा थियो। तर छलफलका क्रममा सहमति हुन नसकेपछि अर्को बैठकमा टुंग्याउने गरी ६ जनाको सिफारिस गरिएको हो।

    उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा रोलक्रम भत्काइएको छ। रोलक्रममा माथि रहेका र एकमात्र मुख्य न्यायाधीश नृपध्वज निरौला छुटेका छन्। उनीपछि रोलक्रममा अगाडि रहेका सत्यमोहन जोशी पनि छुटेका छन्। रोलक्रममा तलै रहेका महेश शर्मा पौडेल अटाएका छन्।

    उनी उच्च अदालत पाटनमा कामु मुख्य न्यायाधीश थिए। त्यस्तै समावेशी कोटामा सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान अटाएका छन्। त्यस्तै कानुन मन्त्रालयबाट उच्च अदालतको न्यायाधीश भएका टेकप्रसाद ढुंगाना पनि अटाएका छन्। उनी पनि रोलक्रमा तलै रहेका थिए।

    Post Views: 507
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    1
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • @setopati
    • #annapurnadainik
    • #annapurnapost
    • #himalayantimes
    • #kantipur
    • #nagariknews
    • #news24
    • #ratopati
    प्रकाशित मिति: २०८१ पुष २, मंगलवार २२:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..
    प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..
    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा… मन्त्री पद बर्खास्त गर्न माग …
    ताजा अपडेट
    • १. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • २. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    • ३. कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा… मन्त्री पद बर्खास्त गर्न माग …

    • ४. एमाले आदिवासी जनजातितर्फ समानुपातिक सूचीमा राम ब. थापा (बादल) पहिलो नम्बरमा…

    • ५. प्रभाव शाही ठकुरीकाे कथा सुदुरकाे बाजुरा देखी काठमाण्डाै र समाजसेवा देखि सिनेमासम्म

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : धन बहादुर बि.सी.
    प्रबन्ध निर्देशक : कृष्ण ओलि
    बजार प्रबन्धक : सोविता बि.क.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.